लुम्बिनीमा मुख्यमन्त्री सहमतीः फागुन २ सम्म केसी, ३ गतेदेखि कनौडिया

480

बुटबल । मुख्यमन्त्री शंकर पोख्रेलले राजिनामा दिएसँगै लुम्बिनीमा गटबन्धनको तर्फबाट सत्ता सञ्चालन गर्ने सहमती भएको छ । पहिलोपटक माओवादी संसदिय दलका नेता मुलप्रसाद केसी मुख्यमन्त्री बन्ने भएका छन् ।

केसी फागुन २ सम्म मुख्यमन्त्री बन्ने र ३ गतेबाट काँग्रेस संसदिय दलका नेता विरेन्द्र कनौडिया मुख्यमन्त्री बन्ने भएका हुन । फागुन ३ गते प्रदेशसभा दिवस र जनयुद्ध दिवस मनाएपछि उनले मुख्यमन्त्रीबाट राजीनामा दिनेछन् । उनको सट्टा कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कानोडिया मुख्यमन्त्री बन्नेछन् । मुख्यमन्त्रीसँगै मन्त्रीहरु पनि परिवर्तन गरिने छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी ९जसपा० र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले नयाँ सरकार गठनको तयारी गरेको छ । जसमा मुख्यमन्त्रीमा आलोपालो नेतृत्व गर्ने निर्णय भएको छ ।

सुरुवातमा माओवादी केन्द्रका संसदीय दलका नेता केसी मुख्यमन्त्री बन्नेछन् । प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनको आह्वान गरेलगत्तै संविधानको धारा १६८ को उपधारा २ बमोजिम केसीको नेतृत्वमा सरकार गठनका लागि जान गठबन्धनको तयारी छ ।