६ मन्त्रीसहित मुख्यमन्त्रीले लिए लुम्बिनीमा शपथ

121

बुटवल, २८ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले शपथ लिएका छन् । बिहीबार दिउँसो मुख्यमन्त्री नियुक्त भएका केसीलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन् ।

मुख्यमन्त्री केसीसहित अन्य ६ जना मन्त्रीले पनि शपथ लिएका छन् । कांग्रेसबाट डिल्ली चौधरी मन्त्री बनेका छन् । उनले शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

माओवादीका कृष्णध्वज खड्का आन्तरिक मामिला तथा कानून मन्त्री बनेका छन् । जनता समाजवादी संसदीय दलका नेता सहसराम यादव भौतिक पूर्वाकार विकास मन्त्री बनेका छन् ।

स्वतन्त्र समूहका अजय शाही, जसपाका सुमन शर्मा रायमाझी र पुर्मती ढेगाले विनाविभागीय मन्त्रीको हैसियतमा शपथ लिएका मन्त्रीको मन्त्रालय तोकिएको छैन ।