नारायणकाजीको राजनीति : भेट्न गएकालाई जबरजस्ती खादा ओढाएर पार्टी प्रवेश

621

गोरखा, २६ साउन । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफूलाई भेट्न गएकालाई खादा ओढाएर पार्टी प्रवेश गराएका छन् । लामो समय विदेश बसेर भर्खरै नेपाल फर्केका अजिरकोट गाउँपालिका–४ सिमजुङका युवा गणेशबाबु अधिकारीलाई आफ्नो व्यक्तिगत फाइदाका लागि गोरखाका माओवादीका केही युवाले साउन २३ गते जबरजस्ती श्रेष्ठलाई भेटाएर पार्टी प्रवेश गराएका हुन् ।

नेपाली काँग्रेस सिमजुङ–काठमाडौँ सम्पर्क समितिका पूर्वसचिवसमेत रहेका अधिकारीलाई गोरखा सन्देश अनलाइनले कम्युनिष्ट भाषाको प्रयोग गरी ‘सम्पर्क मञ्च’को व्यक्ति भनी झुटा समचार लेखेपछि अधिकारीले उक्त समचारको खण्डन समेत गरेका छन् । “मलाई गोरखाका केही कम्युनिष्ट साथीहरुले नारायणकाजीसँग सम्पर्क बढाईदिने भन्दै लगेर एक्कासी खादा ओढाएर माओवादी प्रवेश गरेको समचार लेख्न लगाए, उक्त समचारप्रति मेरो आपत्ती छ,”– उनले विज्ञप्तीमार्फत भनेका छन् ।

अधिकारीले आफ्नो बद्नाम गराउने अनलाईनले काँग्रेस गोरखाका युवानेता एवम् गोरखा क्षेत्र नं २ प्रदेश (ख)का सांसद प्रकाशचन्द्र दवाडीको समेत चरित्र हत्या गर्ने समचार लेखेको भन्दै उक्त समचार झूटो र कपोकल्पित भएको बताएका छन् । अधिकारीले आफू विगतका दिनमा पनि नेपाली काँग्रेसको संगठनमा लागेको र आगामी दिनमा पनि यहि संगठनमा बसेर आफ्नो समाजसेवालाई निरन्तरता दिने स्पष्ट पारेका छन् ।

उनले झुटा समचार प्रकाशन गर्ने अनलाइनको समचारमा कुनै तुक नरहेको भन्दै यस्ता भ्रमपूर्ण समचारको पछाडि नलाग्न सबैलाई आग्रह समेत गरेका छन् ।

No description available.