सामाजिक सेवामा सक्रिय ‘लायन्स क्लब अफ काठमाडौँ उडान’

141

काठमाडौँ, २८ साउन । लायन्स क्लब अफ काठमाडौँ उडान सामाजिक सेवामा सक्रिय बन्दै गएको छ । रिमा अग्रवालको अध्यक्षतामा आठ वर्ष पहिले स्थापना भएको काठमाडौँ उडानले सामाजिक क्षेत्रमा उल्लेख्य काम गरेको हो । चीनको वुहान राज्यबाट सुरु भएको कोरोना भाइरस संक्रमण विश्वका विभिन्न मुलुक हुँदै नेपालमा पनि भित्रिएपछि अफ्ठयारोमा परेका जनतालाई राहतका लागि लायन्स क्लब अफ काठमाडौँ उडानले काम गरेको हो ।

लायन्स क्लब अफ काठमाडौँ उडानका अध्यक्ष प्रिति सिंघानियाले गतवर्षको कोरोना महामारीको समयमा काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचारत १०० कोरोना विरामीलाई निःशुल्क खाना वितरण गरिएको जानकारी दिनुभयो । गरिब तथा विपन्न परिवारलाई सहयोग गर्दै आएको उक्त क्लबले बेलाबेलामा रक्तदानलगायतका सामाजिक काम गर्दै आएको छ ।

नेपालमा नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि सरकारले वैशाख १६ गतेदेखि पुन निषेधाज्ञा जारी ग¥यो । उक्त निषेधाज्ञाका कारण आफ्नो गुजारा चलाउन गाह्रो भएका गरिब तथा विपन्न वर्गका व्यक्तिलाई लायन्स क्लब अफ काठमाडौँ उडानले खाद्यान्न वितरण गरेको थियो । लायन्स क्लब अफ काठमाडौँ उडानकी सचिव नेहा अग्रवालले दोस्रो चरणको कारोना महामारीका समयमा ५० घरपरिवारलाई चामल, दाल, आलु, तेललगायतका खाद्यान्न सामाग्री सहयोग गरिएको बताउनुभयो । महिलाहरुकै सक्रियतामा स्थापना भएको उक्त लायन्स क्लबले पछिल्लो समय महिला लक्षित कार्यक्रम अगाडि सारेको छ । महिलाहरुको स्वास्थ्यलाई ख्यालमा राखेर महिलामा हुने महिनावारी समस्याको समाधानका लागि रि युजेवल सेनिटरी प्याड वितरण गरिएको अध्यक्ष सिंघानिया बताउनुहुन्छ ।

लायन्स क्बल अफ काठमाडौँ उडानले क्यान्सर विरामीलाई ह्वील चेयर वितरण समेत गरेको थियो । यस्तै, नयाँ नेपाल समाज नयाँ बानेश्वरमा रहेका १५ छात्राहरुलाई निशुल्क सेनिटरी प्याड वितरण गर्नुका साथै विद्यार्थीलाई आर्ट कम्पिटिसन समेत गराएको थियो । यस्तै, महिला स्वास्थ्यका लागि जनचेतनामुलक कार्यक्रमसमेत सञ्चालन गर्दै आइरहेको अध्यक्ष सिंघानियाको भनाई छ ।