अनन्तप्रसाद घिमिरे । आज मिति २०७८ साल श्रावण २९ गते शुक्रवार। सन् २०२१ अगस्त १३ तारिख । नेपाल संवत् ११४१ । राक्षस नाम संवत्सर । सुर्य दक्षिणायन। वर्षा ऋतु । श्रीशाके १९४३। श्रावण शुक्लपक्ष पन्चमी तिथि। हस्ता नक्षत्र। अमृत योग। काैलब करण। कन्या राशीमा चन्द्रमा।

मेष (चु, चे,चो,ला,ली,लु,ले,लो,अ,)
अतिथिको रुपमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा मनमुटाब सिर्जना भई मनमा खिन्नता आउनेछ।स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने देखिन्छ

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आफन्तजनसँग चिसिएको सम्बन्धमा सुधार आउनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक मुद्दाहरु हल भएर जानेछन् । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ भने

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
अध्ययन अध्यापनको क्षेत्रमा राम्रो प्रगति भएर जानेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ भने तपाईको कार्यशैलीको सबैले समर्थन गर्नेछन् । प्रतिस्पर्धामा सफलता प्राप्त हुने देखिन्छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
व्यावसायमा मन्दि आउनेछ । माया प्रेममा केही खटपट आउनेछ । बिद्यार्थीहरुले पढाई लेखाईमा ध्यान नदिदा अरुभन्दा पछि परिनेछ ।छोटो दुरिको यात्रा हुन सक्नेछ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
दाजुभाई तथा छिमेमबाट तपाईले सोचेभन्दा बढि सहयोग पाइने हुदा मन प्रफुल्लित हुनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि दिन राम्रो देखिन्छ । कृषिकार्यबाट लाभ हुने देखिन्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
परिवार, साथिभाई तथा आफन्तका साथ रमाईलो जमघट हुने तथा स्वादिष्ट भोजनका साथ दिन बिताउन सकिनेछ । अग्रजहरुबाट सुनिने शुभ समाचारले मन उत्साहित बनाउनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
आफन्तजन तथा घर भित्रकै मानिसबाट धोका हुन सक्छ सजक भएर काम गर्नुहोला । व्यापार व्यावसाय बढिनै संघर्ष गर्नु पर्नेछ ।आर्थिक अभावले कामहरु रोकिनेछन् भने अध्ययनको क्षेत्र राम्रो छ। ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसाय फस्टायर जानेछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागि आजको दिन फलदायि रहनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
सामाजिक कार्य गरि समाजमा नाम कमाउन सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । दाजुभाई तथा आफन्तको साथ तथा सहयोग पाईने हुनाले मन प्रसन्न रहनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
आज थालिएका जुनसुकै कामहरुबाट भनेजस्तो कमाई हुँने हुँदा आर्थिक क्षेत्र बलियो हुनेछ । नयाँ काम पाउँने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तरणको चर्चा चल्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
मान सम्मान तथा प्रतिष्ठा बृद्धि भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने तथा आफन्त बाट सहयोग पाईनेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति गरि अरुलाई देखाउन सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
पढाई लेखाईमा मन जाने छैन । स्वास्थ्य सम्बन्धि समस्या आउनेछ भने ऋण रोगले सताउनेछ । घर परिवार तथा आफन्तहरुसँग मनमुटाबको वातावरण सिर्जना हुनेछ सचेत रहनुपर्ने देखिन्छ ।

लेखक: नेपाल ज्योतिष परिषद्,अर्घाखाँचीका उपाध्यक्ष हुन् ।