अर्घाखाँचीमा भदौ ९ गतेसम्म निषेधाज्ञा थप, बैंक बिहानमा खुल्ने

361

 घनश्याम पौडेल
अर्घाखाँची, २९ साउन । अर्घाखाँची जिल्लामा निषेधाज्ञा थप भएको छ । कोरोना संक्रमण नरोकिएपछि जिल्लामा निषेधाज्ञा थप भएको हो ।

डिसिसिएमसी अर्घाखाँचीको बैठकले कोभिड १९ को दोस्रो भेरियन्ट दिन प्रतिदिन बढेसँगै भदौ ९ गतेसम्मलाई निरन्तरता दिएको निमित्त प्रमुख जिल्ला अधिकारी विक्रम थापाले बताए ।

निषेधाज्ञामा यसअघि बन्द भएका वित्तिय संस्थाहरु विहान ६ बजेबाट ९ बजेसम्म सञ्चालन गर्न दिने निर्णय भएको छ । निर्माण कार्यका कामहरु पनि बन्द हुने भएका छन् । अर्घाखाँचीमा साउन १६ गते राती १२ बजेदेखि निषेधाज्ञा गरिएको थियो ।