डा. कपिल गौतम र डा. अमृत भट्टराई फेरि भेटौला भन्दै अर्घाखाँचीबाट विदाई

492

अशोक खनाल
अर्घाखाँची, २९ साउन । अर्घाखाँची अस्पतालका प्रमुख मेसु डा. कपिल गौतम तथा मेडिकल अधिकृत डा. अमृत भट्टराई अर्घाखाँचीबाट विदा भएका छन् । उनीहरुलाई विभिन्न कार्यक्रमका बीच अर्घाखाँचीबाट बिदाई गरिएको छ । कर्मचारी मिलन केन्द्र अर्घाखाँची,अर्घाखाँची अस्पताल तथा स्वास्थ्य कार्यालय अर्घाखाँचीले छुट्टाछुट्टै कार्यक्रमका बीच बिदाई गरेको छ ।

दुई बर्ष देखि अर्घाखाँची अस्पतालमा प्रमुख भई काम गर्नु भएका डा. गौतम लाई कर्मचारी मिलन केन्द्रले कर्मचारी मिलन केन्द्रमा निमित्त प्रमुख जिल्ला अधिकारी बिक्रम थापाको अध्यक्षता तथा गणेश पौडेलको संचालनमा बिदाई गरिएको हो । त्यस्तै अर्घाखाँची अस्पतालको आयोजनामा डा. गौतम र दुई बर्ष देखि अर्घाखाँची अस्पतालमा कार्यरत मेडिकल अधिकृत डा. अमृत भट्टराई लाई एउटै कार्यक्रमका बिच बिदाई कार्यक्रम सम्पन्न गरिएको थियो ।

अर्घाखाँची अस्पतालको आयोजनामा सम्पन्न कार्यक्रमको अस्पताल बिकास समितिका अध्यक्ष श्रीकृष्ण भुसालको अध्यक्षता र गणेश पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।

डा. गौतमलको पाल्पा सरुवा भएको छ । डा. गौतमले अर्घाखाँचीमा रहदाँ जिल्लाको हितमा धेरै काम गरेको, अस्पतालमा धेरै सुधार ल्याएको भन्दै जिल्लाबासीले प्रशंसा गरेका थिए ।