सभापति, केन्द्रीय सदस्य वडाबाट चुनाव जितेर आउँनुपर्ने भन्दै कांग्रेसका २२ जनाले दिए राजीनामा

482

काठमाडौ, २९ साउन । केन्द्रीय सभापति सहित सबै केन्द्रीय सदस्य जिल्लाबाट निर्वाचन जितेर आउँनुपर्ने माग सहित कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यद्वारा राजीनामा घोषणा दिएका छन् ।

सभापति, उपसभापति, महामन्त्री सहितका पदाधिकारी तथा केन्द्रीय सदस्यहरु पनि वडाबाट क्षेत्रीय प्रतिनिधी भई जिल्लाबाट महाधिवेशन प्रतिनिधी जितेर आउँनुपर्ने माग राख्दै संयुक्त २२ जनाले राजिनामा दिएका हुन ।

केन्द्रीय कार्यसमितीको जारी बैठकमा आमन्त्रीक केन्द्रीय सदस्यहरुले केन्द्रीय सभापति सहित सबै सदस्यहरु वडाबाटै चुनाव जितेर आउँनुपर्छ भन्ने दबाब बैठकमा दिएका हौँ, उक्त प्रस्ताव केन्द्रीय समितीमा पास नभएमा राजिनामा दिन्छौँ, केन्द्रीय आमन्त्रीत सदस्य बालकृष्ण पाण्डेले बताए ।

कांग्रेस विधानमा केन्द्रीय पदाधिकारी र सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ । उक्त व्यवस्था हटाउनपर्ने उनीहरुको माग छ ।

आमन्त्रित केन्द्रीय सदस्य भने तलबाटै निर्वाचित हुनुपर्ने व्यवस्था छ । उक्त व्यवस्था हटाउनपर्ने उनीहरुको माग छ । २२ जनाको तर्फबाट कृष्णकिशोर घिमिरेले संयुक्त राजीनामा पत्र सभापति शेरबहादुर देउवालाई बुझाएका हुन् ।

कांग्रेसको विधानमा आमन्त्रित केन्द्रीय सदस्यलाई क्षेत्रीय प्रतिनिधि सरह अधिकार नदिएकोमा असन्तुष्टि जनाउँदै उनीहरुले राजीनामाको घोषणा गरेका हुन् ।

सामूहिक रुपमा राजीनामा दिएका २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरु:

१. नन्दनकुमार दत्त
२. कुमार खड्का
३. बालकृष्ण पाण्डेय
४. आनन्द (गोरख) विष्ट
५. नरेन्द्रकुमार चौधरी
६. हसन अन्सारी
७. किरणराज शर्मा पौडेल
८. रमा कोइराला पौडेल
९. कृष्णकिशोर घिमिरे
१०. गोपालकुमार बस्नेत
११. सुधीरकुमार शिवाकोटी
१२. मनोहरनारायण श्रेष्ठ
१३. ध्रुव वाग्ले
१४. मोहनसिंह राठौर
१५. शम्भुलाल श्रेष्ठ
१६.अभिषेख प्रताप शाह
१७. दयाराम पाण्डे
१८.जनकराज कलौनी
१९. भूमिबहादुर (विश्व) गुरुङ
२०.दिलीप राई
२१.आशाराम चौधरी
२२.राजेन्द्रबहादुर सिंह