काँग्रेस निकट विद्यार्थीहरुद्वारा बिरामीको उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण

174

काठमाडौ । नेपाली काँग्रेस निकट विद्यार्थीरुद्वारा सन्धिखर्क नगरपालिका वडा नम्बर १२ का १४ वर्षीय ओमप्रकाश जिसि लाई उपचार खर्चका लागि आर्थिक सहयोग हस्तान्तरण गरेको छ।

रूखमा घाँस काट्ने क्रममा रूखवाट लड्दा खुट्टामा हसिया परि गम्भीर चोटपटक लागेको र उपचारका क्रममा काठमाडौ वीर अस्पतालमा विगत १५ दिनदेखि अप्रेसनका लागि धाइरहेका उनलाई सम्पूर्ण होटल लागत सहित उपचार खर्चमा लागेको आर्थिक सहयोग जुटाइ विद्यार्थीहरु सतिस भुसाल, नवीन मुखिया कुमाल, प्रमाण बस्यालद्वारा एकमुष्ट रकम हस्तान्तरण गरिएको को छ।

उक्त सहयोग अभियानमा अर्थिक सहयोग गर्ने सहयोगदाता काशीराम बस्याल, विप्लव थापा, रविन बस्याल, क्रिस शाहा, नवीन अधिकारी लगायत सम्पूर्ण सहयोगी मनहरुमा विद्यार्थी नेता सतिस भुसालले हार्दिक धन्यवाद ज्ञापन सहित बिरामीको शिघ्र स्वास्थ्य लाभको कामन व्यक्त समेत गरेका छन् ।