प्रधानमन्त्रिपत्नी आरजु राणा धर्मकर्ममा व्यस्त , गरिन् आज नागपुजा

469

प्रधानमन्त्री शेर बहादुर देउवा पत्नी आरजु देउवाले प्रधानमन्त्री मन्त्री निवास बालुवाटारमा नाग पञ्चमीको अवसरमा आज नागस्थानको स्थापना गरेकि छन् ।

हिन्धुधर्म अनुरुप विधिवत रूप पूजा अर्चना गरी नागनागेनीको नागस्थान स्थापना गरेका सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकि छन् ।

आरजुले सामाजिक सञ्जाल मार्फत भनेकि छन् किम्बदन्ती अनुसार यहाँको बगैंचा र पोखरीमा नाग र नागीनको बास रहेको भन्ने छ । पहिले पूर्व प्रधानमन्त्री स्वर्गीय सूर्य बहादुर थापाज्युकी धर्म पत्नीज्यूले यहाँ पूजा गर्नु हुन्थ्यो, तर त्यसपछि सो पूजाको चलनलाई निरन्तरता दिन नसकिएको कुरा बुझ्नमा आएको छ ।

यहाँ कार्यरथ पूर्व र वर्तमान कर्मचारीहरुले नाग र नागीनको दर्शन पाएको कुरा पनि बताउँछन । पहिले यहाँ बस्दा अहिलेको बगैचा भएको क्षेत्रमा निर्माण कार्य भैरहेकाले स्थापना गर्न सकिएन ।

नेपाल सरकारको योजना अनुसार भवन विकास योजना अन्तर्गत प्रधानमन्त्री निवासको आधुनिकीकरण सम्पन्न भई बगैचाहरु पनि तयार भएको छ ।

तसर्थ यहाँ नाग र नागीनी स्थानको स्थापना गरिएको छ, उनलेे सञ्जाल मार्फत खुलासा गरेकी छन् ।

प्रधानमन्त्रिपत्नि एवम् काँग्रेस नेतृ डा आरजु राणा देउवाले प्रधान। मन्त्रिनिवास वालुवाटारमा नाग पुजा गरेकी पण्डित टिकाराम घिमीरेले जानकारी दिनुभयो ।