घरमा सिमेन्ट लगाउँन मैदान आएका धातिवाङ्गका युवाको पहिरोमा परेर मृत्यु

2137

घनश्याम पौडेल
अर्घाखाँची, २९ साउन । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ५ मैदानमा एकजना मृत भेटिएका छन् । पाणिनी ६ धातिवाङ्ग घर भएका अन्दाजी ४३ वर्षका मानबहादुर सुनारको पहिरोमा पुरिएर मृत्यु भएकाे हो ।

उक्त पहिरोमा पुरिएका सुनार घरमा सिमेन्ट (घर पलास्टर) लगाउनका लागी मजदुरी गर्न मैदान आएका थिए । घरमा सिमेन्ट लगाउँन आएका सुनारले घर फर्कन नपाई अकालमै ज्यान गुमाए ।

माथिबाट आएको पहिरोमा परेर सुनार पुरिएको वडा नं. ५ का वडा अध्यक्ष जिवलाल घिमिरेले बताए । पहिरो खस्दा घरमा भने क्षती भएको छैन, वडाअध्यक्ष घिमिरेले भने । घटना करिब बेलुका ५ बजे भएको हो । उक्त घटना भएपश्चात जेसिभीको प्रयोग गरेर सुनारको शव पुरिएको अवस्थामा निकालीएको हो ।