अनन्तप्रसाद घिमिरे । आज मिति २०७८ साल श्रावण ३२ गते सोमवार। सन् २०२१ अगस्त १६ तारिख । नेपाल संवत् ११४१ । राक्षस नाम संवत्सर । सुर्य दक्षिणायन। वर्षा ऋतु । श्रीशाके १९४३। श्रावण शुक्लपक्ष अष्टमी/नवमी तिथि। अनुराधा नक्षत्र। मानस योग। बालब करण। वृश्चिक राशीमा चन्द्रमा।
मेष (चु, चे,चो,ला,ली,लु,ले,लो,अ,)
आजको दिन आर्थिक र व्यावसायिक रूपले लाभदायक रहनेछ। आर्थिक लाभ मिल्नेछ। शरीर र मन स्वस्थ रहनेछ। पारिवारिक माहोलमा आनन्दका साथ दिन बिताउनुहुनेछ।
कसैसँग प्रेमको बन्धनमा बाधिनुहुनेछ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
विचारको विशालता र बोलीको मधुरताले अन्य मान्छेलाई प्रभावित गर्न सक्नुहुन्छ। बौद्दिक चर्चा वा वाद-विवादमा सफलता मिल्नेछ। विधार्थीको लागि शुभ समय छ। पाचनतन्त्रको समस्याले स्वास्थ्य खराब हुन सक्ला।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
महत्त्वपूर्ण निर्णय लिँदा मनमा दुविधा उत्पन्न होला। विचारको द्वन्द्वले मानसिक थकान अनुभव होला। अनिन्द्राको कारण शारीरिक स्वास्थ्य अस्वस्थ रहला। आर्थिक क्षति हुनसक्छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आर्थिक लाभ तथा समाजमा आदर सम्मान मिल्नेछ। कार्य सफलता र नयाँ कामको शुभारम्भको लागि दिन राम्रो छ। मित्र तथा आफन्तसँग भेट हुँदा खुशी महसुस होला। छोटो यात्रा हुने योग छ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
व्यापार व्यवसायबाट मनग्गे लाभ मिल्नेछ। परिवारमा सुख-शान्ति बनिरहनेछ। उत्तम भोजन प्राप्त होला। निर्धारित काममा सफलता मिल्नेछ। स्त्री तथा महिलामित्रको सहयोगले महत्त्वपूर्ण लाभ प्राप्त होला।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
विभिन्न क्षेत्रहरुबाट लाभ प्राप्त गर्ने सम्भावना रहेको छ । व्यापार व्यवसायमा लाभ हुनेछ । सहकर्मीहरुको पूर्ण समर्थन पाउनुहुनेछ। रिसलाई नियन्त्रणमा राख्नुहोला अन्यथा व्यर्थको विवादमा फस्न सकिन्छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
विभिन्न क्षेत्रबाट लाभ मिल्ने समय रहेको छ । उच्च अधिकारीहरुबाट प्रोत्साहन मिल्नुको साथै पदोन्नतिको संभावनाहरु रहेका छन् । प्रियजन तथा साथीहरुसंग भेटघाट हुनेछ। ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
धार्मिक स्थलको भ्रमण हुनेछ । विभिन्न क्षेत्रहरुमा लाभ प्राप्त गर्ने सम्भावना पनि छ। वैदेशिक यात्राको लागी परिस्थिति अनुकूल रहनेछ। उच्च अधिकारीहरु तपाइँको कामबाट खुसी हुनेछन् ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
कुनै पनि नयाँ कामको थालनी नगर्नु उचित हुनेछ । मध्यान्हपछि मानसिक तथा शारीरिक स्वास्थ्यमा सुधार हुनेछ । परिवारमा आएको कठिनाइ कम भएर जानेछ । धार्मिक स्थलको यात्रा हुनसक्छ। भाग्य वृद्धिको सम्भावना रहेको छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
आफन्त र मित्रसरुसंग दिन रमाइलोमा बित्नेछ । सहभागिता लाभदायक हुनेछ। रमाइलो पलका यादहरुले मन प्रफुलित हुनेछ । मध्यान्ह पछि समय प्रतिकूल छ। शारीरिक र मानसिक रुपमा अस्वस्थ हुनुहुनेछ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
तपाईंको लागि यस दिन मिश्रित फलदायी रहनेछ। आफ्नो क्रोध तथा वाणीमा संयम राख्नुहोला। नयाँ कार्य सुरु नगर्नुहोला। आर्थिक लाभ मिल्ने योग रहेको छ। विद्यार्थीको लागि समय शुभ रहेको छ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
कुनै कारणले अचानक धन खर्च हुनेछ। शारीरिक स्वास्थ्य समस्या आउन सक्छ। मध्यान्ह पछि घरमा आनन्द र शान्ति को वातावरण रहनेछ। काममा सफलता मिल्नेछ। परिवारका सदस्यहरुसँग खुसीसाथ समय बित्नेछ।
लेखक: नेपाल ज्योतिष परिषद्,अर्घाखाँचीका उपाध्यक्ष हुन् ।