नेपाली काँग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङलाई मातृशोक

178

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङलाई मातृशोक परेको छ । उनकी आमा प्यारी गुरुङको मंगलबार ९२ वर्षको उमेरमा निधन भएको छ ।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गुरुङको निधनप्रति दुःख व्यक्त गरेका छन् । यस्तै नेता धनराज गुरुङलगायत परिवारजनप्रति समवेदना प्रकट गरेको नेपाली कांग्रेसले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।