नेपालमा अगोरा स्पीकर इन्टरनेश्नलको अन्तर्राष्ट्रिय सम्मेलन

221

अगोरा स्पीकर इन्टरनेश्नलको ४ दिने अन्तर्राष्ट्रिय सम्मेलन अगोराकन २०२१ यहि भदाै ०३ गतेदेखि भदाै ०६ गतेसम्म नेपालमा हुन गइरहेको छ । यस सम्मेलनमा विश्वका करिब ५० वटा राष्ट्रका प्रतिनीधिहरुले विभिन्न विधामा भाग लिएर आफ्नो प्रस्तुती दिनेछन । हरेक वर्ष हुने अगोराको अन्तर्राष्ट्रिय सम्मेलन यस वर्ष नेपालका १२ वटा क्लबहरुको सयुक्त आयोजनामा हुन लागेको छ । उक्त सम्मेलनमा विभिन्न संघ संस्थाहरु अकाईड नेपाल, जया मल्टिपल क्याम्पस, एक्जोन सिस्टमस आदिले प्रायोजन गर्दैछन् । अगोराकन २०२१ कन्भेन्सन अगोरा स्पीकर इन्टरनेश्नलको इतिहासमा दोश्रो ठुलो कन्भेन्सन हो र यसको सञ्चालन नेपाली युवाहरुले गर्न पाउनु नै राज्यको लागि गर्वको विषय हो भन्नु हुन्छ नेपालका एम्बेस्डर श्याम लामिछाने ज्यू ।

“व्यक्तिहरुको लिडरसिप तथा कम्युनीकेशन क्षमतामा अधिवृद्धि गर्दै एउटा सुन्दर संसार निर्माणको लागि दक्ष नेतृत्व कर्ता तथा कुशल बक्ता विकास गर्ने मिसन लिएर यूरोपमा स्थापना भएको अगोरो स्पीकर इन्टरनेश्नल संसार भरी छरिएकोे छ । आफ्रनो उद्देस्य अनुसार दक्ष नेतृत्व कर्ता तथा कुशल बक्ता
स्थापनाको लागि अगोराको ववेभसाईडमा प्रारम्भिक चरणका शिकारु देखि अनुभवीहरुको लागि शैक्षिक कार्यतालिकाका विभिन्न प्रोजेक्ट तयार गरी निशुल्क अनलाइन पाठ्यक्रम विकास गरी राखिएको छ ।

स्पेनको मड्रिडमा मूख्य कार्यलय रहेको यो स्वएच्छिक सामाजिक संस्था सम्पुर्ण व्यक्तित्व विकास गर्ने एउटा अन्तर्राष्ट्रिय खुला मन्च हो भन्नु हुन्छ नेपालका अर्का एम्बेस्टर डा. पवन कुमार शर्मा ज्यू । उहाँ अझ थप्नु हुन्छ यसमा जोसुकैले सहभागी भएर आफ्नो व्यक्तित्व विकास गर्दै प्रस्तुती दिनु सक्नुहुन्छ । चाडैनै नेपालीभाषामा पनि याे कार्यत्रम चलाउने जानकारीपनी राख्नुभयाे ।

अगोरो स्पीकर इन्टरनेश्नल एउटा नाफा रहित स्वएच्छिक सामाजिक संस्था हुनाले यसको सदस्य हुनको लागि कुनै फी तिर्नु पर्दैन् साथै यसमा कोहि शिक्षक तथा प्राध्यापकले पढाउने वा इन्स्ट्रक्टरले तालिम दिने पनि हुदैन् । यसमा सहभागी भई आफ्नो क्षमता अभिवृद्धि गर्न चाहनेले विभिन्न विद्याहरु जस्तै स्पिस्च कन्टेक्स, प्रस्तुतीकरण, मूल्यांकन, प्रस्तोता, खेल मास्टर, जोक मास्टर, फिलर वर्ड काउन्टर, टाईमर आदि भमिकामा सहभागी हँुदै पहिलो प्रस्तुतीबाट सिक्दै आफ्नो व्यक्तित्व विकास गर्छन् । यहाँ गल्तीलाई विषय नबनाइ अघिल्लो गल्तीबाट पाठ सिकि (Learning by Doing) पछिल्लो प्रस्तुतीमा अझ राम्रो गर्ने प्रेरण दिइन्छ । राम्रोको लागि मूल्यांकनकत्र्ताको उत्प्रेरणले टनिकको रुपमा काम गर्छ भने प्रस्तुतीमा हुने कमि कमजोरीहरुलाई सकारातमक तरिकाबाट पस्किन्छन मूल्यांकनकत्र्ताहरु ।

राज्यका यूवा लर्नर तथा प्रोफेशनलहरुलाई अगोरामा लाग्न प्रेरित गर्दै नेपालका विभिन्न स्थानहरुमा अगोरो स्पीकर इन्टरनेश्नल कल्वहरुको स्थापनामा महत्वपूर्ण भूमिका निभाउनु हुने नेपालका अर्का एक्बेस्डर र कार्यक्रम संयोजक रवि भट्टाराई ज्यू अगोराको माध्यमबाट राज्यका सम्पूर्ण नागरिकलाई एउटा कुशल विचारक, प्रस्तोता, दक्ष नेतृत्व कर्ता तथा कुशल बक्ताको रुपमा विकास गर्ने सामाजिक अभियनमा लाग्नु भएको छ । अंग्रजी भाषामा नै प्रस्तुत गर्नु पर्ने हुनाले यसले व्यक्तित्व विकाससगंसगैं अन्तराष्र्टि«य भाषामा पनि दक्षता बढाउने विचार राख्नुहुन्छ एक्बेस्डर भट्टाराई ।

अतः नेपालमा हुन गईरहेको यो ४ दिने भर्चुअल कन्भेन्सनमा स्पिकिङ, राईटिङ, वर्कसप तथा मूल्यांकन गरी ४ विद्या छन । कार्यक्रमको पहिलो दिन उद्घाटन समारोह हुने छ जसमा स्वागत मन्तब्य, सांस्कृतिक कार्यक्रम, मनोरजनात्मक तथा र्भचुअल टुर हुनेछ भने दोश्रो र तेश्रो दिन विभिन्न विधामा अगोराको मुटु मानिने स्पिच कन्टेक्समा संसार भरिका वक्ताहरुले एडुकेशनल, स्टोरी टेलीङ, सोसल अवारनेश तथा ह्युमरस स्पिच कन्टेक्स गरी चार वटा विधाहरुमा आफ्रनो स्पिच दिनेछन । विजेतालाई बेस्ट स्पिकर २०२१ को अवार्डले पुरस्किृत गरिन्छ । सम्मेलनमा निर्णायक टोलीको रुपमा विभिन्न देशका एम्वेस्डरहरु, पत्रकार तथा प्रोफेसरहरुको टिम रहने छ । विभिन्न वौद्धिक व्यक्तित्वहरुको सहभागिता रहने यस कन्भेन्सनमा राज्यका सातै प्रदेशका प्रतिनीधिहरुको प्रतिनिधित्व हुनेछ । सम्मेलनको अन्तिम दिन नेपालको पर्यटन केन्द्रको रुपमा रहेको प्रदेश ४ को राजधानी पोखराको भर्चअल भ्रमणसगैं त्यहाका मूख्य विशेषता र नेपाली खानाको बारेमा प्रस्तुति गर्दै क्लोजिङ सेरेमोनीका साथ पाहनाहरुलाई विदा गरिन्छ ।