ग्राण्डीमा ढाडको बाङ्गोपनाको १०० औँ सर्जरी सम्पन्न

242
काठमाडौँ, ५ भदौ । काठमाडौँको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ढाडको बाङ्गोपनाको उपचार (स्कोलियोसिस)को १०० औँ सर्जरी सफलतापूर्वक सम्पन्न भएको छ । अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर एवम् वरिष्ठ स्पाइन सर्जन डा विनोद विजुक्छेको नेतृत्वले बिहिबार सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेको हो ।
काठमाडौँको गागलफेदीका संगीत अधिकारीको सर्जरी सम्पन्न गरेसँगै डा विजुच्छेको टिमलाई १०० औँ सफलता मिलेको हो । उक्त दिन बिरामी अधिकारीको जन्मदिन समेत परेको हुँदा एक कार्यक्रमका बीच जन्मदिनको शुभकामना समेत प्रदान गरिएको थियो ।