विश्व संस्कृत दिवस भव्य समारोहका बीच सम्पन्न

287

काठमाडौँ ।

आचार्यकुलम् र पूर्वीय दर्शन विद्याप्ीठको संयुक्त आयोजनामा काठमाडौँको डिल्लिबजारमा एक भव्य समारोहका बीच विश्व संस्कृत दिवस मनाइएको छ ।

कार्यक्रममा प्रमुख अतिथी विश्व ज्योतिष महासंघका अध्यक्ष डा लोकराज पौडेलले राष्ट्रिय जनगणना २०७८ मा संस्कृत भाषालाई मातृभाषाको रुपमा राख्नुपर्ने कुरामा जोड दिनुभयो ।

विशिष्ट अतिथी नेपाल संस्कृत विश्वविद्यालयका पुर्व कार्यकारी निर्देशक प्राडा काशिनाथ न्यौपानेलेले संस्कृत दिवस सन् १९७२ मा दिल्लीमा मनाइएको बताउँदै यो ५० औँ संस्कृत दिवस मनाइएको बताउनुभयो । प्रधानमन्त्रिले ५० औँ संस्कृत दिवस भनेर शुभकामना दिनुभएकोमा आभार प्रकट गर्नुभयो ।

दक्षिण एशियाली ज्योतिष महासंघका महासचिव आचार्य लक्ष्मण पन्थीले २१ औँ शताब्दिमा नासाले समेत संस्कृतको महत्व बुझ्दै संस्कृत भाषा प्रयोग गरिसकेको सन्दर्भमा नेपालमा विद्यालयस्तरमा संस्कृत अध्ययन गराउनका लागि पाठ्यक्रम निर्माण गरि पुनः अध्ययन गराउन जोडदार माग गर्नुभयो । कार्यक्रमको संयोजन आचार्यकुलम् नेपालका अध्यक्ष डा सुबोध शुक्लले गर्नुभएको थियो ।