आज मिति २०७८ साल भाद्र ८ गते मङ्गलबार। सन् २०२१ अगस्त २४ तारिख । नेपाल संवत् ११४१ । राक्षस नाम संवत्सर । सुर्य दक्षिणायन। वर्षा ऋतु । श्रीशाके १९४३। भाद्र कृष्णपक्ष द्वितीया तिथि। पुर्वभाद्र नक्षत्र। काण योग। बब करण। कुम्भ राशीमा चन्द्रमा।

मेष (चु,च,ेचो,ला,ली,लु,ले,लो,अ) मनमा सुख तथा सन्तोष रहनेछ । मित्रहरुबाट सहयोग मिल्ने छ । शत्रु पराजित हुनेछन् ।छोटो यात्रा हुनसक्ने दिन रहेको छ । मनमा अहंकार वढनाले दुराचारको भावना जाग्रित हुन सक्ने छ ।

बृष (ई,उ,ए,ओ,वा,वी,वु,वे,वो) महत्त्वपूर्ण कार्यमा सफलता मिल्नेछ। शत्रु पराजित हुनेछन् । कीर्ति वढनेछ । मीष्ठान्न भोजनको अवसर प्राप्त होला । विद्यार्थी तथा व्यवसायीहरुका लागि आजको दिन सफल रहला ।

मिथुन (का,की,कु,घ,ङ,छ,के,को,हा) स्वास्थ्य सम्वन्धी समस्याले सताउनेछ । अनावश्यकरुपमा वादविवाद तथा झगडा हुन सक्ने छ । वायुविकार तथा पेटजन्य समस्या आउने छ । पापकर्ममा मन जाला । नोकरी तथा व्यापारमा समस्या आउनेछ ।

कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो) परिवार तथा सन्तानबाट सहयोग मिल्नेछ । उत्तम वस्त्र प्राप्त हुनेछ । सरकारी काममा सफलता मिल्नेछ । विद्यार्थीहरुका लागि आजको दिन फलदायी रहनेछ ।

सिंह (मा,मी,मु,मे,मो,टा,टी,टु,टे) धनलाभ हुने दिन छ । यात्रा तथा सवारीसाधनबाट फाईदा हुनेछ । मान सम्मान मिल्नेछ । मीठो कुरा खानपाईने दिन रहेको छ । मित्रबाट पूर्ण सहयोग मिल्नेछ । स्वास्थ्य राम्रो रहनेछ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) कार्यमा अवरोध होला ।यात्रा फलदायी हुनेछैन । मन अशान्त भई रहने छ । वायु विकारले शरीरका विविध अंगमा पीडा हुने छ । व्यापारबाट हानी हुनेछ । शत्रु सबल हुनेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते) स्वास्थ्यले साथ दिनेछ । व्यवसायबाट फाईदा हुनेछ । धन तथा यश प्राप्त हुनेछ । विपरीत लिङ्गीबाट सहयोग प्राप्त हुनेछ । साथिभाइसंग रमाइलो गरि दिन वित्नेछ । पारिवारीक सुख प्राप्त हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) रमाइलो यात्राको योग रहेको छ । प्रेममा सफलता मिल्ने छ । धन आर्जनगर्ने अवसर मिल्नेछ । आज नयाँ कामको आरम्भ हुनेछ । शत्रु परास्त हुनाले मन प्रशन्न हुनेछ । धैर्यताले कार्य सफल हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे) रमाइलो यात्राको योग रहेको छ । प्रेममा सफलता मिल्ने छ । धन आर्जनगर्ने अवसर मिल्नेछ । आज नयाँ कामको आरम्भ हुनेछ । शत्रु परास्त हुनाले मन प्रशन्न हुनेछ । धैर्यताले कार्य सफल हुनेछ ।

मकर (भो,जा,जी,खी,खु,खे,खो,गा,गी) स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्ने देखिन्छ । शारीरिक समस्या आउन सक्नेछ । मानसिक तथा शारिरीक समस्या आउनेछ । आँखामा समस्या आउन सक्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सु,से,सो,दा) स्वादिष्ट भोजन खान पाईने तथा उपहार प्राप्तहुने योग रहेकोछ ।स्वास्थ्य राम्रो रहने छ । मनमा शुखको अनुभुति हुनेछ । सभा तथा समारोहमा सहभागि हुने अवसर मिल्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) मानसिक तथा शारीरिक समस्याले सताउने छ ।अध्ययनमा रुचि घट्ने छ । शत्रुपक्ष वलवान हुनेछन । धनक्षय हुने दिन रहेको छ । बहुमुल्य सामान हराउन सक्नेछ । परिवारमा सामान्य खटपट आउन सक्छ।

लेखक नेपाल ज्योतिष परिषद् अर्घाखाँचीका उपाध्यक्ष हुन् ।