घनश्याम पौडेल
अर्घाखाँची । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितीको निर्देशन र जिल्ला कार्यसमितीको निर्णय अनुसार अर्घाखाँचीका ६ वटै पालिकामा माघ ३ गते अर्थात भोली काँग्रेसले विरोध प्रदर्शन गर्ने भएको छ ।
सन्धिखर्क नगरपालिकाको सन्धिखर्कमा, शितगंगाको ठाडामा, भुमिकास्थानको नुवाकोटमा, पाणिनीको दुर्गाफाटमा, मालारानीको खनदहमा र छत्रदेवको राशिप भवनमा विरोध प्रदर्शन गर्ने काँग्रेसका जिल्ला सभापति विष्णुप्रसाद खनाल मुस्कानले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीले संसद विघटन गरेपछि काँग्रेसले माघ ३ गते देशभरका गाउँ तथा नगरपालिकामा आन्दोलन गर्न लागेको हो । विरोध सभाका लागी प्रत्येक वडामा तयारी तिव्र पारिएको छ । विरोध सभामा सबैलाई सहभागी हुन काँग्रेस अर्घाखाँचीले आग्रह गरेको छ ।