काँग्रेस तनहुको महाधिवेशन प्रतिनिधिमा लड्ने नेविसंघ नेता तिमिल्सिनाको घोषणा

345

तनहुँ ।  नेपाल विद्यार्थी संघ का पूर्व केन्द्रीय सदस्य सुशिल तिमल्सेनाले नेपाली कांग्रेसको हुने जिल्ला अधिवेशनमा महाधिवेशन प्रतिनिधि पदमा लड्ने जानकारी दिएका छन् ।

उनी राजधानीस्थित नेविसंघको विभिन्न क्याम्पस एकाईहरुमा नेतृत्व गरिसकेका एक इमानदार नेता का रुपमा परिचित छन् ।

कांग्रेस पार्टीमा परिवर्तन ल्याउन का लागि युवा विद्यार्थीले समेत नेतृत्व गर्नुपर्ने भन्दै उनले आफूले सबै क्षेत्रलाई समेटेर जान उम्मेदवारी दिएको बताए ।

उनका अनुसार अब विद्यार्थी ले नेविसंघ मात्र होइन, पार्टी पनि चलाउन सक्षम छौं उनले ‘महत्वपूर्ण भूमिका लिनका लागि उम्मेदवारी दिने तयारी गरेको बताएका छन् ।

तिमल्सेनाले राजधानीमा नेताहरु तथा जिल्लामा समेत आफ्नो आकांक्षाबारे कुराकानी भएकाले सबैको साथ पाउनेमा आशावादी रहेको बताए ।