पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन नेतृ थपलियाको माग

199

काठमाडौँ ।
नेपाल विद्यार्थी संघका महामन्त्रि उर्मीला थपलियाले पेट्रोलियम पदार्थको मूल्य वृद्धि तुरुन्त फिर्ता लिन माग गरेकी छिन् । नेतृ थपलियाले सामाजिक सन्जाल फेसबुक मार्फत फिर्ता लिन माग गरेकी हुन् । उनको फेस्बुक स्टाटस जस्ताको तस्तै ः

पेट्रोलियम पदार्थको मूल्य वृद्धि तुरुन्त फिर्ता लिनु पर्छ ।
बारम्बार हामिले केपि ओलिको सरकारलाइ पनि खबरदारी गरेका थियौ तर केपि ओलिको सरकारले कहिले पनि जनताको लागि थिएन जनताको भावनालाई बुझेन । त्यसैले यो सरकारले जनचाहनाको कदर गर्दै अघिल्लो सरकारले गरेको गलत कार्यलाई यो सरकारले सच्चाउनु जरुरी छ । त्यसले कोरोनाको महामारीले जनता थलिएको बेला झन पिडा दिनु गलत हो । यो सबै कुरालाइ ध्यानमा राखेर तुरुन्त पेट्रोलियम पदार्थ मा भएको मुल्य वृद्धि फिर्ता लिनु पर्छ ।