नेविसंघको बार्ता सफल,देशैभर सहुलियत शुल्कमा बिद्यार्थीले प्राविधिक शिक्षा अध्ययन गर्न पाउने

672

काठमाडौ ।

नेपाल बिद्यार्थी संघ सिटिइभिटि केन्द्रिय समन्वय समिति संग सिटिइभिटि केन्द्रिय कार्यालयले पटकपटक छलफल र बार्ता पश्चात् आज दुवै पक्ष बीचमा सहमति भएको छ।
नेपाल बिद्यार्थी संघले गत २०७७ पुष १९ गते ज्ञापन बुझाएको थियो।

नेपाल बिद्यार्थी संघ सिटिईभिटिको तर्फबाट केन्द्रिय अध्यक्ष महेन्द्र जङ्ग शाहीको संयोजकत्वमा बार्ता टोलि र कार्यालयको तर्फबाट परिषदका निर्देशक प्रमोद भक्त आचार्यको संयोजकत्वमा बसेको बार्ता टोलि बीच सहमति भएको पत्रमा उल्लेख छ ।

सहमति पत्र ज्ञापन पत्र दिए यता बारम्बार हामीले सिटिईभिटि संग बार्ता बस्यौं त्यही अनुसार समय उपलब्ध गरायौं आज आएर महामारी बिचको शैक्षिक शुल्क छुट र अन्य सवै मागलाई कार्यान्वयन गरिने गरि सहमति गर्दै परिषद मातहतका शिक्षण संस्थाको हामी शैक्षिक शुल्क तोक्न सफल भएका छौं बाकि हुनुपर्ने र गरिनुपर्ने सुधारको पक्षमा उहाँहरु पनि सकारात्मक हुनुहुन्छ वार्ताटोलिका प्रतिनिधि विनोद शाही ठकुरीले भन्नु भयो।
उहाँका अनुसार बार्तामा भएका सहमति तत्काल कार्यान्वयन हुने र सरोकारवाला पक्षले पनि त्यही अनुसार अगाडि बड्न आग्रह गर्दै प्रणाली सुधारमा सवैको सहयोग आबश्यक रहेको बताउनुभयो।
बार्ता गरिएको सहमति पत्र: