रामबहादुर चौहान भन्छन्ः नेकपा (एकीकृत समाजवादी) पार्टी अर्घाखाँचीमा शक्तिशाली बन्छ

1273

हिन्दुखबर संवाददाता
अर्घाखाँची, ९ भदौ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताका लागि ५५ केन्द्रीय सदस्य र ३० जना सांसदले निर्वाचन आयोग पुगेर सनाखत गरेसँगै अर्घाखाँचीमा चहलपहल सुरु भएको छ ।

माधव नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) पार्टीमा अर्घाखाँची जिल्लाबाट रामबहादुर चौहानले नेतृत्व गर्ने भएका छन् । उक्त पार्टीको नेतृत्व गर्दैै चौहानले माधव नेपालले नेतृत्व गरेको (एकीकृत समाजवादी) पार्टी अर्घाखाँचीमा शक्तीशाली बन्ने दाबी गरेका छन् ।

हिन्दुखबर डटकमसँगको कुराकानीमा नेता चौहानले १५ वर्ष पार्टीको नेतृत्व गर्नुभएका माधवकुमार नेपाल नै सर्वप्रिय नेता हुनुहुन्छ, जिल्लामा तत्कालीन एमाले छोडेर नयाँ पार्टीमा लाग्नेहरु धेरै हुनुहुन्छ । जिल्लाका सबै क्षेत्रबाट नयाँ पार्टीमा लाग्नेको लहर लाग्नेछ, नेता चौहानले भने ।

अर्घाखाँचीमा नेकपा (एकीकृत समाजवादी) पार्टीको गठन पश्चातः जिल्लाका सबै क्षेत्रमा संगठन विस्तारमा लाग्छौँ । जिल्लाका धेरै ठाउँहरुबाट साथीहरुले फोन गर्नुभएको छ , हामी शक्तीशाली बन्छाँै ।