काठमाडौ शितागंगा सम्पर्क मञ्च वडा नम्बर १३ र १४ को संयोजकमा सुर्य बिसी चयन

488

काठमाडौं, १३ भदाै । देशकै ठुलो नगरपालिका अर्घाखाँची जिल्ला शितागंगा नगरपालिका वडा नम्बर १३ र १४ (साविक सिमलपानी गा वि स) घर भइ हाल काठमाडौंमा विविन्न पेशा तथा व्यवसायमा सक्रिय युवाहरुको भेला शितागंगा १३ का तारापती बिसीको अगुवाइमा सम्पन्न भएको छ ।

भेलाले शितागंगा नगरपालिका वडा नम्बर १३ र १४ घर भइ हाल काठमाडौमा विभिन्न पेशा तथा व्यवसायमा सक्रिय रहनु भएका सबैलाई सो मञ्चमा आबद्ध गराई कार्य समिति विस्तारका लागि सो भेलाले सुर्य बिसीको संयोजकत्वमा ७ सदस्यिय संयोजन समिति गठन गरेको छ ।
जसको सह-सयोजकमा मदन बि सी, उप-सयोजकमा तारापती बि सी र सदस्य हरुमा क्रमश मोहन बि सी, दिपक विक, श्रीराम बिसी र सदस्य सचिवमा तारापती बि सी लाई सर्वसम्मत चयन गरेको छ ।

शितगंगा नगरपालिका वडा नम्बर १३ र १४ घर भइ हाल काठमाडौमा बसोवास गरेका सबैजनालाइ एकताबद्ध गर्दै आपसी सहयोग, मेलमिलाप र भातृत्वको विकास गर्दै समग्र वडाको विकासमा युवाहरुले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने सयोजक सुर्य बिसिले जोड दिदै सबैलाई एक सुत्रमा अगाडी बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

हाम्रो क्षेत्रका जनता लामाे समय देखि काठमाडौमा बसोवास गरेको भएता पनि संगठित भएर अगाडी बढ्न नसक्नुले पनि हाम्रो क्षेत्र पछाडी परेको उप-सयोज मदन बिसीले दुखेसो व्यक्त गर्नुभयो ।

यसरी संगठित हुनुले एक अर्कालाई परेको दुख र समस्यामा सामुहिक सहयोग गर्न सकेमा कसैले पनि विचल्लित हुनुनपर्ने र मानविय एकतामा जोड पुग्ने विचार उप-सयोजक तारापती बिसिले राख्नु भएको थियो ।
सहभागि सबैले १३ र १४ वडाका जनतालाई मंच मा भित्राउन आ आफ्नो क्षेत्र बाट पहल गर्दै संगठनको उज्ज्वल भविष्य निर्माणार्थ सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

१६ जना युवाहरुको भेलाको सहजीकरण गर्दै तारापती बिसीले भेलाको उद्देश्य तथा लक्ष्यका विषयमा सहजीकारण गर्दै सबैलाई समेट्ने गरि आपसी सहयोग, सेवा भावको विकासका साथै व्यक्तिगत विकासका साथै सामुहिक विकासमा लाग्नको लागि समन्वयात्मक भूमिकामा युवाहरु आफै खटिनुपर्ने कुरामा जोड दिनुभयो ।