काठमाडौं । नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा अध्यक्ष माधव नेपाल सर्वसम्मत चयन भएका छन् । यस्तै राष्ट्रियसभा संसदीय दलको नेतामा वेदुराम भुसाल चुनिएका छन् ।
आइतबार बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको संसदीय दलको पहिलो बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत संसदीय दलको नेता बनाएको नेतृ रामकुमारी झाँक्रीले जानकारी दिइन् । प्रतिनिधिसभाका सो दलका ३० सांसद छन् ।
यस्तै स्थायी कमिटी सदस्य रहेका भुसाललाई राष्ट्रियसभा दलको नेता बनाइएको छ । एकीकृत समाजवादीको राष्ट्रियसभामा ७ सांसद छन्