काठमाडाैं । नेपाल तरुण दल अर्घाखाँची पाणिनी काठमाडाैं सम्पर्क समितिका अध्यक्ष एवम् युवा व्यवसायी प्रकाश घिमिरेले काठमाडौमा लोकप्रिय एक्टिभ मोबाईल बिक्री तथा मर्मत केन्द्रको सुरुवात गरेका छन् ।
विगत दुई दशकदेखी काठमाडौको टोखामा व्यवसाय गर्दै आएका तरुण नेता घिमिरेले राजनीति गर्न भन्दा पहिला आर्थिक रुपमा सबल हुनुपर्छ भन्ने उद्देश्यले पसलको सुरुवात गरेको बताए ।
कार्यक्रमको उद्घाटनको क्रममा नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजङ्ग बस्नेत, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि इन्द्रमणी पौडेल, नेपाल तरुण दल महाधिवेशन प्रतिनिधि कपिल पोख्रेल, काँग्रेसका नेताहरु विकास खनाल, खिम बस्याल, गोपाल भुसाल,विद्यार्थी नेता शिवलाल पौडेल लगायतको उपस्थिति रहेको थियो ।