काँग्रेस अड्गुरीको सभापतिमा रुद्र महत्रा क्षेत्री सर्वसम्मत चयन

847

घनश्याम पौडेल
अर्घाखाँची, १६ भदौ । नेपाली काँग्रेस पाणिनी गाउँपालिका वडा नं. ७ अडगुरीको सभापतिमा सर्वसम्मत रुपमा रुद्र महत्रा क्षेत्री चयन हुनुभएको छ ।

आज वडामा बसेको क्रियाशिल भेलाले महत्रालाई अधिवेशनको मिती अगामै सभापतिमा चयन गरेको काँग्रेस नेता तुल्सिराम पौडेलले बताउँनुभयो ।

अन्य वडा कार्यसमिती, क्षेत्रीय प्रतिनिधीको चयन भने केन्द्रीय निति अनुसारको अधिवेशन अन्र्तगत भदौ १८ गते नै चयन गर्ने काँग्रेस अडगुरीले जनाएको छ ।