आजको राशिफल, मिति २०७८,०५/१५ गते मङ्गलबार । तपाईंको दिन शुभ रहोस् ।

146

अनन्तप्रसाद घिमिरे । आज मिति २०७८ साल भाद्र १५ गते मङ्गलबार। सन् २०२१ अगस्त ३१ तारिख । नेपाल संवत् ११४१ । राक्षस नाम संवत्सर । सुर्य दक्षिणायन। वर्षा ऋतु । श्रीशाके १९४३। भाद्र कृष्णपक्ष नवमी तिथि।रोहिणी/ मृगशीरा नक्षत्र। मातङ्ग योग। तैतिल करण। वृष राशीमा चन्द्रमा।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
शिक्षित तथा बौद्धिक ब्याक्तित्वहरुसँग सहभागि भई आफ्नो गतिलो प्रस्तुति पस्कने अवसर प्राप्त हुनेछ भने पढाई लेखाइमा भनेजस्तो नतिजा हात लाग्नेछ । परिवार तथा दिदिबहिनिको सहयोगबाट काम बन्नेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
माया प्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ । भौतिक सम्पति प्राप्तिको योग रहेकोछ । आफन्त तथा सन्तानसँग सामान्य बिषयमा बिवाद हुने योग देखिएकोछ सचेत रहनुहोला ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
बिवादित बिषयहरुको निर्णय तपाईकै पक्षमा आउँनेछ । अध्ययन तथा अध्यापनमा थोरै समय दिदा पनि राम्रो नतिजा हात लाग्ने हुँदा आफन्त तथा गुरुवर्गहरुबाट थप हौसला प्राप्त हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
व्यापार व्यावसायमा नाफा कमाउन निकै नै संघर्ष गर्नुपर्नेछ भने भाैतिक साधन तथा घर जग्गाको किनबेचबाट केहि मात्रमा लाभ लिन सकिनेछ । पढाई लेखाई अरु दिन भन्दा कमजोर रहने छ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
अध्ययन तथा अनुसन्धानको क्षेत्रमा प्रशस्त समय दिनु पर्दा दैनिक कामहरु प्रभावित हुनेछन् । व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि आम्दानि कम हुनेछ । अप्रिय समाचारले निरास बनाउनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
दाजुभाई,छिमेकि तथा सहयोगीहरुसँग मिलेर गरिने कुनै पनि उत्पादनमुलक क्षेत्रमा गरिएको व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
प्रणय सम्बन्धको बिकास हुनेछ भने साथिभाईसँगको सम्बन्धमा आत्मियता बढ्नेछ । पढाई लेखाईलाई समय अनुकुल अगाडि बढाई नतिजा हात लाग्नेछ । बिभिन्न मानव निर्मित स्रोत साधनको उपयोग गर्ने अवसर प्राप्त होला।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
समयको सहि सदुपयोग नगर्नाले दुख पाईनेछ भने तपाई आफ्नै कारणले मान सम्मान तथा प्रतिष्ठामा कमिको महशुस हुनेछ । बिद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नु पर्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
माया प्रेमको बन्धन कसिलो हुँनुको साथै दाम्पत्यजीवन सुमधुर रहनेछ । आम्दानिका स्रोतहरु फराकिला हुनेछन् भने व्यापार व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
निति निर्माण तहमा तपाईको सहभागिताले महत्वपुर्ण भुमिका खेल्ने भएपनि आफ्नै साथिहरुले आलोचना गर्नेछन् । कृषि तथा पशुपालन व्यावसायबाट राम्रै आम्दानि हुनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
पति पत्नि बीचको सम्बन्ध प्रगाढ हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । गीत संगितमा बिषेश रुचि बढ्नेछ ।आकस्मिक लाभ हुने तथा बाधा अवरोधहरु स्वत हटेर जानेछन् ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
शिक्षित तथा बौद्धिक ब्याक्तित्वहरु सँग सहभागि भई आफ्नो गतिलो प्रस्तुति पस्कने अवसर प्राप्त हुनेछ भने पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्नेछ । परिवार तथा दिदिबहिनिको सहयोग बाट काम बन्नेछ ।

लेखक:नेपाल ज्योतिष परिषद् ,अर्घाखाँचीका उपाध्यक्ष हुन् ।