आजको राशिफल, मिति २०७८/०५/१६ गते बुधबार । तपाईंको दिन शुभ रहोस् ।

485

अनन्तप्रसाद घिमिरे । आज मिति २०७८ साल भाद्र १६ गते बुधबार। सन् २०२१ सेप्टेम्बर १ तारिख । नेपाल संवत् ११४१ । राक्षस नाम संवत्सर । सुर्य दक्षिणायन। वर्षा ऋतु । श्रीशाके १९४३। भाद्र कृष्णपक्ष दशमी तिथि। मृगशीरा नक्षत्र।अमृत योग। बब करण। मिथुन राशीमा चन्द्रमा।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
मित्रबाट पूर्ण सहयोग मिल्नेछ ।यात्रा सफल हुनेछ । व्यापार व्यवसायमा राम्रो फाइदा हुने दिन रहेकोछ ।स्वास्थ्य राम्रो रहनेछ । विद्यार्थीहरुका लागि आजको दिन विशेष फलदायी रहनेछ

बृष (ई,उ,ए,ओ,वा,वी,वु,वे,वो)
आजको दिन मान सम्मान मिल्नेछ । प्रेमी प्रेमीकाबाट पूर्ण सहयोग मिल्नेछ । धनलाभ हुने दिन छ । यात्रा तथा सवारीसाधनबाट फाईदा हुनेछ । मीठो कुरा खानपाईने दिन रहेको छ ।

मिथुन (का,की,कु,घ,ङ,छ,के,को,हा)
व्यवसायबाट फाईदा हुनेछ । स्वास्थ्यले साथ दिनेछ । धन तथा यश प्राप्त हुनेछ । शत्रु सरास्त हुनेछन् । विपरीत लिङ्गसंगको कुराकानिले मन साह्रै प्रसन्न हुनेछ । पारिवारिक सुख प्राप्त हुनेछ ।

कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो)
मन अशान्त भई रहने छ । व्यापारबाट हानी हुनेछ । शत्रु सबल हुनेछन् । आज मित्रहरुले पनि शत्रुले जस्तै व्यवहार देखाउने छन् । विद्यार्थीका लागि भने अध्ययनमा सफलता मिल्नेछ ।

सिंह (मा,मी,मु,मे,मो,टा,टी,टु,टे)
स्वास्थ्यमा सामान्य समस्या देखिएला । परिवारका सदस्यहरु संग झगडा हुने योग छ । मन साह्रै चञ्चल हुनेछ । पेट सम्वन्धी समस्या आउने छ । पानी बाट हानीहुने दिन रहेको छ । शरीरमा आलस्यता उत्पन्न हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
नया प्रकृतिको व्यावसाय सुरु गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ भने पति पत्निबिच मायाको डोरो कसिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
आज गरिने सकारात्मक प्रयासहरु सफलता पुर्वक सम्पन्न हुनेछन् । उत्पादन क्षेत्रमा गरिएको लागानिबाट आउने आम्दानिले भबिश्यको लागि भौतिक सम्पति तथा सवारि साधन जोड्न सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
आफन्त तथा मावलि पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेकोछ । न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुने हुनाले खुसिले उचाई नाघ्नेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
घर परिवारसँग मनमुटाब बढ्ने योग रहेकोछ । भौतिक तथा सवारि साधन प्रयोग गर्दा ख्याल गर्नुहोला । खानपान तथा बाहिरी बाताबरणको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महशुस हुनेछ । माया प्रेममा सामान्य मनमुटाब हुनसक्छ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ। पढाई लेखाईमा मेहनेत गरे भन्दा राम्रो नतिजा हात लाग्ने हुँदा मन प्रशन्न हुनेछ । समयमा काम बन्ने हुनाले अन्य क्षेत्रमा लगानि गर्ने बाताबरण बन्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आट तथा हिम्मतका साथ अगाडि बढ्ने समय रहेकोछ । कुनै पनि प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै अग्र स्थानमा तपाईको नाम आउनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानि बढ्ने योग रहेकोछ । लामो समयदेखि फैसला हुन नसकेका बिषयहरु तपाईकै पक्षमा फैसला हुनेछन् ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आकस्मिक लाभ हुने तथा बाधा अवरोधहरु स्वत हटेर जानेछन् भने भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रस्तुति पस्कने अवसर प्राप्त हुनेछ भने पढाइ लेखाईमा राम्रो प्रगति हुनेछ ।

लेखक: नेपाल ज्योतिष परिषद्,अर्घाखाँचीका उपाध्यक्ष हुन् ।