काँग्रेस चितवनको सभापतिमा उम्मेद्वार दिने घिमीरे को हुन् ?

2333

चितवन  । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन नजिकिएपछि जिल्लाजिल्लामा सभापतिका देखिन थालेका छन् । यस्तै चितवन जिल्ला सभापतिमा प्राडा सूर्यकान्त घिमीरेले उम्मेद्वार दिने घोषणा गरेका छन् । को हुन् त घिमीरे विं. सं २०२१ साल मंसिर ०५ गते चितवनमा स्व. पिता पूर्णभद्र घिमीरे र स्व. माता अन्नपूर्ण घिमीरेका ४ सन्तान मध्ये कान्छो पुत्रका रुपमा जन्मेका थिए । उनले प्रारम्भिक शिक्षा चितवनकै शारदा माविबाट लिएका थिए । त्रिभुवन विश्वविद्यालयबाट बिएससि गरेका उनी एम एस सि र पिएच् डि ओकायामा विश्वविद्यालयबाट गरेका थिए ।

०३६ सालको जनमतसंग्रहको बेला शारदा मावि चितवनको स्ववियु सचिव थिए । २०४० सालमा त्रिचन्द्र बहुमुखि क्याम्पसको नेविसंघको अध्यक्ष भएर काम गरेका थिए । रामपुर कृषि क्योाम्पस दुई पटक स्ववियु सभापतिको उम्मेद्वार बनेका घिमीरे २०४५ देखि २०४७ नेविसंघ चितवनको अध्यक्ष भएका थिए । ५७ वर्षिय घिमीरे नेपाल प्राध्यापक संघका केन्द्रिय सदस्य निर्वाचित भएका थिए र नेपाल डेमोक्रेटिक एग्रिकल्चर एशेशियसनका सल्लाहकार समेत भएका हुन् ।

उनी नेपाली काँग्रेसको ९ औ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बनेर निरन्तर संगठनमा लागेका उनी वि.सं २०४६ को ऐतिहासिक आन्दोलनका क्रममा माडिबाट पौष ११ मा तत्कालीन शाह,नेपाली सेनाबाट एउटै डोरिले बाँधेर गिरफ्तार गरेका मध्ये एक घिमिरे हुन् । पटकपटक गरि करिब १० महिना जति जेलजिवन बिताएका उनि १४ औ महाधिवेशनमा सभापति बनेर काँग्रेस चितवनको बागडोर सम्हाल्न तयार भएका छन् ।