जन्मदिनमा गोविन्दले गौकेन्द्रलाई सहयोग गरे

222

चितवन ,  हाल अमेरिकाको रहदै आउनु भएका गोविन्द पौडेलले आफ्नो जन्मदिनको अवसर पारेर गौ संरक्षण केन्द्र लाई सहयोग गर्नु भएको छ। ,श्री वागिश्वरी आध्यात्मिक परिषद योगी नरहरिनाथ आश्रमबाट सञ्चालित गौ सं रक्षण केन्द्रको उहाँ र उहाँको श्रीमती रमा अधिकारी पौडेल आजिवन सदस्य बन्नुभएको हो ।

रत्नगर १० बैरिया स्थाई वासिन्दा पौडेल दम्पतीले आश्रममा संरक्षित गाईहको संक्षणमा टेवा पुग्ने उदेश्यले सदस्य बनेको बताउनु भएको छ । उहाँहरुले यश अघि पनि पनि विभिन्न क्षेत्रमा सहयोग गर्द आउनु भएको छ । झन्डै दुई दशक देखि अमेरीका रहनु भएका उहाँहरुले नेपालको राष्ट्रिय जनावर गाई र गौशाला लाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउनु भयो । हाल उहाँहरु अमेरिकाको विस्कनसिन मा वस्देे आउनु भएको छ। यहि कृष्णाअष्ठमी भदौ १४गते समाजसेवी पौडेलको जन्मदिन परेको थियो।केन्द्र को आजीवन सदस्य का लागि ११हजार रकम तय गरिएको छ।

भरतपुर १ देवघाटमा रहेको सो आश्रम हाल स्थानीय प्रजातिका लोपोन्मुख १सय ५०भन्दा वढी गाईहरु रहेका छन्। दिवंगत राष्ट्र गुरु योगी नरहरिनाथले २०४९सालबाट त्यस क्षेत्रमा गौशाला निर्माण गरि स्थानीय गाईहरुको संरक्षण अभियान शुरु गर्नुभएको हो । सो गाईको मुत्रहरु संकलन गरि गौ अर्क पनि उत्पादन पनि गरिदै आइएको केन्द्रका संयोजक राम प्रसाद वस्तीले जानकारी दिनुभएको छ। उहाँले आश्रमा रहेका गौ सेवक , र गाईहरुको चोकर पराल लगायतको लागि सदस्यहरुको सहयोगले टेवा पुगेको प्रष्टाउनु भयो।।उहाँको अनुसार हाल सम्म केन्द्र मा १सय ३२भन्दा वढि आजीवन सदस्य रहेका छन्। उहाँले १सदस्य को लागि ११हजार रकम लाग्ने बताउनु हुदे दाताहरुको सहयोगले नै गौ संरक्षण अभियान सफल भईरहेको बताउनु भयो। आश्रमका योगी पिताम्वरले केन्द्रमा गौशालाको साथसाथे ,,गुरुकुल ,,प्राकृतिक चिकित्सालय ,,धार्मिक वन लगाएत रहेको जानकारी दिनुभयो ।

राष्ट्र गुरु योगी नरहरि नाथले स्थानीय गौको संरक्षण को साथसाथै सबै जातजाति को लागि संस्कृत शिक्षा,,ब्रतबन्ध सष्कार ,,प्राकृतिक चिकित्सा लगाएतका अभियान अगाडी बढाउनु भएको आश्रम का संरक्षक शान्त प्रसाद पोखरेकके बताउनु भयो ।सो क्षेत्रमा पु रातात्विक महत्वको वागीश्वी मन्दिर लगायतका क्षेत्रहरु रहेका छन् ।