अर्घाखाँचीको ठाडामा हाइस दुर्घटना हुदा एकजनाको मृत्यु

689

झनक केसि / भदाै १९ अर्घाखाँची

अर्घाखाँची जिल्लाकाे शितगंगा नगरपालिका ३ ठाडाको आर्मी क्याम्प नजिकै उरालो घुम्टिमा भएकाे हाईस दुर्घटनामा एकजनाकाे मृत्यु भएकाे छ । काठमाण्डाै देखि अर्घाखाँची आउदै गरेकाे लु १ ख ८६३९ नम्वरकाे हाईस सितगंगा नगरपालिका वडा नं ३ ठाडामा हाईवे सडक देखी करिव ३०० मिटर तल खसेर रुखको झाडिमा अड्किएर ठूलो क्षेती हुनबाट बचेको देखिन्छ। दुर्घटनामा एकजनाकाे ज्यान गएकाे छ भने ७ जना घाईते भएका छन् । मृतकक मृत्यु हुनेमा भुनपा ९ डेवाका करिव ३० बर्षका सन्जय विक रहेका छन् । हाइसमा चालक सहचालक सहित ११ जना सावार थिए।

अन्य घाईते हुनेमा सनपा ११ का समीक्षा शाह, सनपा २ कि सीता मुखिया, मालारानी ५ का गंगा बहादुर पन्थि, भूनपा १ का श्याम बहादुर नेपाली, सनपा १२ का गाेविन्द बस्याल, सप्तरी जिल्लाका राेहित कुमार शाह, भूनपा १ का लाेक बहादुर नेपाली र भुनपा ८ का केशव खत्री रहेका छन् । दुर्घटनामा हाइस चालक सुदन रायमाझी र सहचालक धारापानीका टेकराज बन्जाडेकाे अवस्था सामान्य रहेकाे जनाईएकाे छ । गम्भिर घाईते लाेक बहादुर नेपाली र गाेविन्द बस्याल दुईजनाकाे बुटवल रिफर गरिएकाे इलाका प्रहरी ठाडाका प्रमुख सन्दिप बेल्बासेले जिल्ला जानकारी दिएका छन।

अन्य घाइते सबैलाई बुटबल रिफर गर्ने बेल्बासेले बताएका छन। उद्वारमा नेपाल प्रहरी,नेपाली सेना स्थानियहरु खटिएका थिए। दुर्घटना कसरी भयो भन्ने अझै खुलेको छैन ।