एमाले युवा नेता पाण्डे लुम्बिनी प्रदेश शेयर लगानी कर्ता फोरमको सल्लाहकारमा नियुक्त

280

बुटवल ।

नेकपा एमालेका युवा नेता राजेन्द्र पाण्डे शेयर लगानी कर्ता फोरम लुम्बिनी प्रदेशको सल्लाहकारमा नियुक्ति हुनुभएको छ । 

शेयर शिक्षाले नै शेयर बजारको बिकास र बिस्तारमा टेवा पुग्छ भन्ने  मूल नाराका साथ बिभिन्न तालीम ,अन्तरक्रिया र वर्कसप शेयर लगानीकर्ता फोरमले सम्पन्न गरिसकेको छ । देशव्यापी शेयर शिक्षा पुराएर मात्र शेयर बजार विकास र बिस्तार हुँन सक्छ भन्ने सोचका साथ निरन्तर लगिरहेको यस अभियानलाई साथ दिन शेयर बजारका चिरपरिचित नाम नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार पनि सल्लाहकारका रूपमा जोडिनुभएको छ । यसबाट हामीलाई थप हौसला प्राप्त भएको छ।उहाँको अनुभव, सल्लाह र सुझावले हाम्रो उद्देश्यमा थप टेवा पुग्ने उनले बताएका छन् ।

पाण्डे सुरभी डेरी प्रोडक्ट र हिमानी अन्तर्राष्ट्रिय टुर्स एण्ड ट्राभल्सका संचालक , सफल नेपाल इन्भेस्टमेन्ट कम्पनीका डाइरेक्टर त्यस्तै सफल बचत कोषका अध्यक्ष समेत रहेका युवानेता पाण्डे सामाजिक सेवामा सक्रिय छन् ।

हामी भोलिका दिनमा बजार विकास र बिस्तारमा,लगानीकर्ताका हकहितका लागि यसरीनैं लागिरहने छौ भनी प्रतिज्ञा गरेको पाण्डेले बताए ।त्यस्तै नवनियुक्त अध्यक्ष कमल तिवारी,उपाध्यक्ष गोपिराज भुसाल, सचिवमा योगेन्द्र पन्थी, कोषाध्यक्षमा दिनेश गैरे र सदस्यमा मुकुन्द भट्टराई, सिला अधिकारी, मिरा फुल्लेल, प्रकाश सापकोटा, प्रकाश भण्डारी र सल्लाहकारमा गोपाल भट्टराई पनि नियुक्त हुनुभएको छ।