अर्घाखाँची, २५ भदाै । नेपाली काँग्रेसकाे महाधिवेशनकाे चहलपहल अर्घाखाँचीमा बढेकाे छ ।
महाधिवेशनकाे चहलपहल बढेपछि जिल्ला, प्रदेश र पालिका तहसम्म उम्मेदवारी घाेषणा गर्नेकाे संख्या बढ्दै गएकाे छ ।
अर्घाखाँची जिल्लाकाे जिल्ला कार्य समिति सदस्यमा तरूण दलका नेता सुकदेव बेल्वासेले जिल्ला सदस्यमा उम्मेदवारी घाेषणाा गर्नुभएको छ ।
नेपाल तरूण दलकाे राजनितिमा सक्रिय बेल्वासे काँग्रेसका हरेक क्षेत्रमा सक्रिय भुमिकामा हुनुहुन्छ ।