नेपाली काँग्रेसकाे जिल्ला सदस्यमा खुमराज घिमिरेकाे उम्मेदवारी घाेषणा

147

अर्घाखाँची, २६ भदाै । नेपाली काँग्रेसकाे महाधिवेशनकाे चहलपहल अर्घाखाँचीमा बढेकाे छ ।

महाधिवेशनकाे चहलपहल बढेपछि जिल्ला, प्रदेश र पालिका तहसम्म उम्मेदवारी घाेषणा गर्नेकाे संख्या बढ्दै गएकाे छ ।

अर्घाखाँची जिल्लाकाे जिल्ला कार्य समिति सदस्यमा युवानेता खुमराज घिमिरेले उम्मेदवारी घाेषणाा गर्नुभएको छ ।

नेपाली काँग्रेसका हरेक कार्यक्रममा सहभागी हनुभएका घिमिरे लाेकप्रिय कलाकार हुनुहुन्छ ।उहाँले काँग्रेसका निकै राम्रा गित बजारमा ल्याउनुभएकाे छ ।