कांग्रेस १४ औँ महाधिवेशन ः युवानेतृ रेग्मीद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी घोषणा

1859

दाङ ।
नेपाल विद्यार्थी संघकी पुर्व केन्द्रिय सदस्य एवम् कांग्रेस युवा नेतृ अर्चना रेग्मीले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा दाङ प्रतिनिधी सभा क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधी पदमा उम्मेद्वारी घोषणा गरेकी छिन् ।
नेतृ रेग्मी डेढ दशक देखि नेविसंघको राजनितिमा सक्रिय रहँदै विभिन्न स्कुल क्याम्पसमा नेविसंघका विभिन्न पदमा रही सफलतापुर्वक नेतृत्व सम्हाली काठमाडौँमा सम्पन्न नेपाल विद्यार्थी संघको ११ औँ महाधिवेशन – २०७३ बाट अत्यधिक मतका साथ सबैभन्दा कान्छी केन्द्रिय सदस्यका रुपमा निर्वाचित भएकी हुन् ।

उनले स्थानीय तहमै रहेको श्री बाल मितेरी मावि भोजपुर दाङबाट माध्यमिक शिक्षा उत्तिर्ण गरि प्लस टु र स्नातक तहको शिक्षा आफ्नै क्षेत्रको तुल्सिपुरमा रहेको राप्ती बबई क्याम्पसबाट उत्तीर्ण गरेकी छन् । अहिले नेपाल ल क्याम्पसबाट कानुन संकायमा स्नातक तह तेश्रो बर्ष र राजनिति शास्त्रमा स्नातक तह दोश्रो बर्ष अध्ययनरत छिन् ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा दाङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३, प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ३ (क) अन्तर्गत तुल्सिपुर उपमहानगरपालिका वडा नम्बर १५ बाट क्षेत्रिय प्रतिनिधिमा निर्वाचित भएकी छन् । उनी क्षेत्रिय प्रतिनिधी निर्वाचित भएसँगै महाधिवेशन प्रतिनिधि पदमा उम्मेद्वारी दिने घोषणा गरेकी छिन् ।

रेग्मीले अग्रजलाई सम्मान गर्दै युवाहरुलाई प्रोत्साहन गर्नका लागि लागि सबल, सक्षम र बलियो कांग्रेस निर्माणका लागि युवाहरुको महत्वपुर्ण भुमिका रहने भएकाले उम्मेद्वारी घोषणा गरेको बताइन् । पार्टीभित्र हुने गरेका अराजक गतिविधी र महिला हकहित र अधिकारका आवाज बुलन्द पार्न पनि आफनो उम्मेद्वारी रहेको बताइन् । पुरानो नेतृत्वले युवा महिला तथा श्रमजिवी वर्गहरुको आवाजलाई वेवास्ता गरेकोले त्यसको निरुपणको लागि पार्टिभित्र दलाल पुँजिवादहरुको मात्र पार्टि भन्ने जुन भ्रम छ , त्यसलाई चिर्दै किसान, मध्यमवर्ग र युवाहरुको पार्टी बनाउनलाई उम्मेद्वारी घोषणा गरेको बताइन् ।
रेग्मीले १४ औँ महाधिवेशनबाट निर्वाचित वडा सभापतिहरु, वडा कार्यसमितिका पदाधिकारी सदस्यहरु तथा सम्पुर्ण क्षेत्रिय प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिदै आफुलाई अमुल्य मत दिई केन्द्रिय महाधिवेशन प्रतिनिधि विजयी गराउन हार्दिक अनुरोध गरेकी छन् ।