कांग्रेस १४ औँ महाधिवेशन ः नेता शर्माद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी घोषणा

1015

अर्घाखाँची । नेपाल शिक्षक संघ जिल्ला कार्य समिति अर्घाखाँचीका पुर्व कार्यवाहक अध्यक्ष मतिराज शर्माले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा अर्घाखाँची प्रतिनिधी सभा निर्वाचन क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधी पदमा उम्मेद्वारी घोषणा गर्नुभएको छ ।

नेता शर्मा साढे तिन दशक देखि नेपाली कांग्रेसकोे राजनितिमा सक्रिय रहँदै २०४१ सालदेखि साधारण सदस्य हुँदै २०४८ सालमा क्रियाशिल लिएका उनी २०४८ देखि २०५८ सम्म किमडाँडा गाउँ कार्य समितिको सचिव भइ सफलता पुर्वक कार्य गरेका थिए । २०६१ सालमा कांग्रेस निकट नेपाल शिक्षक संघ जिल्ला कार्य समितिको कार्यवाहक अध्यक्ष भै त्यसपछि नेपाल शिक्षक संघको निरन्तर केन्द्रिय महाधिवेशन प्रतिनिधी रहनुभएको छ । अहिले नेपाल शिक्षक संघ लुम्बिनी प्रदेश समिति सल्लाहकार हुनुहुन्छ ।

उहाँले स्थानीय तहमै रहेको श्री जनता प्राथमिक विद्यालय आँपखोलाबाट प्रारम्भिक शिक्षा सुरु गरि श्री जनज्योति मावि सन्धिखर्कबाट माध्यमिक शिक्षा एसएससि उत्तिर्ण गरि प्रविणता प्रमाणपत्र तह रत्न राज्यलक्ष्मी क्याम्पस र स्नातक तहको शिक्षा महेन्द्र रत्न क्याम्पस ताहाचलबाट स्नातक उत्तीर्ण गर्नुभएको छ भने त्रिभुवन विश्वविद्यालय किर्तिपुरबाट स्नातकोत्तर उत्तीर्ण गर्नुभएका शर्मा अहिले शिक्षण पेशामा आबद्ध हुनुहन्छ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा अर्घाखाँची प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १, प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (क) अन्तर्गत सन्धिखर्क नगरपालिका वडा नम्बर ०८ बाट क्षेत्रिय प्रतिनिधिमा निर्वाचित भएका उनी क्षेत्रिय प्रतिनिधी निर्वाचित भएसँगै महाधिवेशन प्रतिनिधि पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ ।

शर्माले सबल, सक्षम र बलियो कांग्रेस निर्माणका लागि आफ्नो महत्वपुर्ण भुमिका रहने भएकाले उम्मेद्वारी घोषणा गरेको बताउँदै पार्टीभित्र हुने गरेका अराजक गतिविधी र समग्र क्षेत्रको हकहित र अधिकारका लागि आवाज बुलन्द पार्न पनि आफनो उम्मेद्वारी रहेको बताउनुभयो ।

पार्टी अहिले विधी र निति अनुसार नचल्दा कांग्रेस पार्टी जनताबाट उपेक्षित भएकोले कांग्रेसलाई जनताको भरोसायोग्य पार्टी बनाउन र पार्टिभित्र दलाल पुँजिवादहरुको मात्र पार्टि भन्ने जुन भ्रम छ , त्यसलाई चिर्दै किसान, मध्यमवर्ग र युवाहरुको पार्टी बनाउनलाई उम्मेद्वारी घोषणा गरेको बताउनुभयो । उहाँले १४ औँ महाधिवेशनबाट निर्वाचित वडा सभापतिहरु, वडा कार्यसमितिका पदाधिकारी सदस्यहरु तथा सम्पुर्ण क्षेत्रिय प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिदै आफुलाई अमुल्य मत दिई केन्द्रिय महाधिवेशन प्रतिनिधि विजयी गराउन हार्दिक अनुरोध गर्नुभएको छ ।