कांग्रेस महाधिवेशन : पाणिनी गाउँपालिकाको सभापतिमा भिड्दै पौडेल

1244

अर्घाखाँची । नेपाली कांग्रेसका युवा नेता तुल्सी पौडेलले पाणिनी गाउँपालिकाको सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पौडेलले पाणिनी गाउँपालिकाको सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उनी नेपाल रेडक्रस सोसाईटि  जिल्ला शाखा अर्घाखाँचीका कोषाध्यक्ष पनि हुन् । उनी नेपाल मानव अधिकार संगठनको जिल्ला सचिव, नेपाल शिक्षक संघ लुम्बिनी प्रदेश सदस्य तथा नेपाली कांग्रेसका संगठन विभाग सदस्यमा पनि आबद्ध छन् ।