कांग्रेस महाधिवेशन ः लुम्बिनी प्रदेश प्रतिनिधिमा अर्घाखाँचीबाट नेता घिमीरेको उम्मेद्वारी घोषणा

460

अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँची कपिलवस्तु सम्पर्क समितिका सभापति तुल्सिराम घिमीरेले आसन्न १४ औँ महाधिवेशनमा अर्घाखाँची प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट लुम्बिनी प्रदेश महाधिवेशन प्रतिनिधी पदमा उम्मेद्वारी घोषणा गर्नुभएको छ । नेता घिमीरे विगत चार दशक बढी देखि नेपाल विद्यार्थी संघ र नेपाली कांग्रेसको राजनितिमा सक्रिय छन् ।

उनी नेपाल विद्यार्थी संघ श्री कृष्ण मावि पाणिनि ०५ मैदानका संस्थापक विद्यार्थी नेता हुन् । २०३६ सालको विद्यार्थी आन्दोलन, २०३७ सालको जनमत संग्रहमा बहुदलको पक्षमा आन्दोलनमा होमिनुभएका नेता घिमीरे २०४२ सालमा नेपाली कांग्रेसले गरेको सत्याग्रह आन्दोलनमा पनि सत्रिय सहभागी भए ।

२०४८,२०४९,२०५१,२०५४,२०५६, २०६४,२०७०,२०७४ का विभीन्न आम निर्वाचन तथा स्थानीय तहका निर्वाचनहरुमा नेपाली कांग्रेसलाई जिताउन निर्वाचन रणनिति बनाउने र युवाहरुलाइ परिचालन गर्नमा महत्वपूर्ण भुमिका खेलेका नेता घिमीरे २०७५ साल फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारी अर्घाखाँची देखि कपिलवस्तु आएका कांग्रेसहरुलाई भेला गराई त्यो भेलाबाट सर्वसम्मत रुपमा सभापतिमा निर्वाचित भएका थिए । उनी कपिलवस्तु उद्योग वाणिज्य संघका निर्वाचित उपाध्यक्ष (उद्योग) समेत हुन् ।

पार्टी अहिले विधी र निति अनुसार नचल्दा कांग्रेस पार्टी जनताबाट उपेक्षित भएकोले कांग्रेसलाई जनताको भरोसायोग्य पार्टी बनाउन र पार्टिभित्र दलाल पुँजिवादहरुको मात्र पार्टि भन्ने जुन भ्रम छ , त्यसलाई चिर्दै किसान, मध्यमवर्ग र युवाहरुको पार्टी बनाउनलाई उम्मेद्वारी घोषणा गरेको बताउनुभयो ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट पाणिनी गाउँपालिका वडा नम्बर ०५ मैदानबाट सर्वसम्मत रुपमा क्षेत्रिय प्रतिनिधिमा निर्वाचित भइ लुम्बिनी प्रदेशको महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी घोषणा गरेका छन् । उनले उम्मेद्वारी घोषणा गर्दा प्रदेश सभा निर्वाचन निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित सम्पूर्ण वडा सभापतिहरु, वडाकार्य समितिहरु पदाधिकारी सदस्यहरु र क्षेत्रिय प्रतिनिधिहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै आफुलाई अमुल्य मत दिई विजयी बनाइदिनुहुन हार्दिक अनुरोध गर्दै यदि क्षेत्र नम्बर १ (ख) का क्षेत्रिय प्रतिनिधिहरुले प्रदेश प्रतिनिधि पदमा विजयी गराउनुभएको खण्डमा आफु लुम्बिनी प्रदेशको पदाधिकारीमा समेत उम्मेद्वारी दिने इच्छा रहेको बताउनुभयो ।