कांग्रेस महाधिवेशन अर्घाखाँची ः प्रदेश प्रतिनिधिमा नेता बन्जाडेको उम्मेद्वारी घोषणा

422

अर्घाखाँची ।
नेपाली कांग्रेस अर्घाखाँची रुपन्देही सम्पर्क समितिका उपाध्यक्ष टिकाराम बन्जाडेले आसन्न १४ औँ महाधिवेशनमा अर्घाखाँची प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (क) बाट लुम्बिनी प्रदेश महाधिवेशन प्रतिनिधी पदमा उम्मेद्वारी घोषणा गर्नुभएको छ ।
विगत तिन दशक देखि नेपाली कांग्रेसको राजनितिमा सक्रिय नेता बन्जाडे २०४८,२०४९,२०५१,२०५४,२०५६, २०६४,२०७०,२०७४ का विभीन्न आम निर्वाचन तथा स्थानीय तहका निर्वाचनहरुमा नेपाली कांग्रेसलाई जिताउन निर्वाचन रणनिति बनाउने र युवाहरुलाइ परिचालन गर्नमा महत्वपूर्ण भुमिका खेलेका थिए ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट छत्रदेव गाउँपालिका वडा नम्बर ०६ ठुलापोखराबाट सर्वसम्मत रुपमा क्षेत्रिय प्रतिनिधिमा निर्वाचित भइ लुम्बिनी प्रदेशको महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी घोषणा गरेका छन् । उनले उम्मेद्वारी घोषणा गर्दा प्रदेश सभा निर्वाचन निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित सम्पूर्ण क्षेत्रिय प्रतिनिधिहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै आफुलाई अमुल्य मत दिई विजयी बनाइदिनुहुन हार्दिक अनुरोध गरेका छन् ।

बुटवल उद्योग वाणिज्य संघका निर्वाचित कार्य समिति सदस्य समेत रहेका उनले प्रदेश प्रतिनिधीमा विजय भएको खण्डमा नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सदस्यमा उम्मेद्वारी दिने, पार्टीभित्र एउटा औद्योगिक निति निर्माणमा टेवा पुर्याउने, श्रमिक र रोजगारदाताहरुको बिचको समस्या समाधानका लागि विशेष निति निर्माण गर्ने योजना गर्ने उद्देश्य रहेको बताए ।