सिटिइभिटि कर्मचारी संघ केन्द्रीय अध्यक्ष टण्डनलाई स्वागत

188

पाणिनी ।  प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिइभिटि कर्मचारी संघको केन्द्रीय अध्यक्षमा निर्वाचित दिपक टण्डनलाई पाणिनी बहुप्राविधिक शिक्षालय चिवेक,अर्घाखाँचीमा आईतवार एक कार्यक्रमका विच स्वागत गरिएको छ । स्वागत गर्दै उनको सफल कार्यकालका लागि शुभकामना तथा बधाई ज्ञापन गरिएको छ ।

अर्घाखाँचीको पाणिनि गाँउपालिका वडा न. ७ का टण्डन सक्रिय युवा र आशाबादि ब्यातित्व पनि हुन । उनि हालै सम्पन्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटि कर्मचारी संघको अधिवेशनबाट निर्वाचित भएका थिए ।