कांग्रेस पाणिनी गाउँपालिकाको सभापतिमा उम्मेद्वारी दिने नेता पोख्रेलको घोषणा

1887

अर्घाखाँची । नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पोख्रेलले आसन्न १४ औँ महाधिवेशनमा पाणिनी गाउँपालिकाको सभापति पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ । वि.सं २०२२ साल पाणिनी गा.पा ०१ पणेनामा जन्मेका नेता पोख्रेल १० वर्षको कलिलो उमेरमै हिमालयन मिडिल स्कुलको विद्यार्थी संगठनको अध्यक्ष भएका उनी कक्षा ८ सम्मको पढाई श्री हसंसा माविमा बाट उत्तीर्ण गरी श्री आदर्श सेवा इण्टर कलेज बनारसबाट प्लस टु गरि त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाबाट आइएसि पढ्रदै नेपाल विद्यार्थी संघको सक्रिय राजनिति गरेका थिए ।

त्यही बेला त्रिभुवन बहुमुखि क्याम्पस पाल्पामा नेपाल विद्यार्थी संघको तर्फबाट वर्तमान नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. चन्द्र भण्डारी सभापतिको उम्मेद्वार हुँदा उनी सहसचिवका उम्मेद्वार थिए । वि.सं २०३९ मा बनारसमा रहँदा नेपाल विद्यार्थी संघको पश्चिमान्चल विकास क्षेत्रिय उपाध्यक्ष बनेका नेता पोख्रेल २०४८ सालमा नेपाली कांग्रेसको क्रियाशिल सदस्यता लिएका थिए ।

उनी नेपाली कांग्रेसको १२ औँ महाधिवेशनबाट अर्घाखाँची क्षेत्र नम्बर २ को उपाध्यक्ष र जिल्ला कार्य समिति सदस्य बनेका हुन् । नेपाली कांग्रेसको १३ औ महाधिवेशनमा क्षेत्र नम्बर २ को सभापतिमा अच्युत गौतम सँग झिनो मतान्तरले पराजित पोख्रेल १४ औँ महाधिवेशेनमा पाणिनी गाउँपालिकाको सभापति पदमा उम्मेद्वारी दिने घोषणा गरि चुनावि प्रचारप्रसारमा लाग्का छन् ।

पोख्रेलले सबल, सक्षम र बलियो कांग्रेस निर्माणका लागि आफ्नो महत्वपुर्ण भुमिका रहने भएकाले उम्मेद्वारी घोषणा गरेको बताउँदै पार्टीभित्र हुने गरेका अराजक गतिविधी र समग्र क्षेत्रको हकहित र अधिकार सुनिश्चित पनि आफनो उम्मेद्वारी रहेको बताउनुभयो । पार्टी अहिले विधी र निति अनुसार नचल्दा कांग्रेस पार्टी जनताबाट उपेक्षित भएकोले कांग्रेसलाई जनताको भरोसायोग्य पार्टी बनाउन र पार्टिभित्र दलाल पुँजिवादहरुको मात्र पार्टि भन्ने जुन भ्रम छ , त्यसलाई चिर्दै किसान, मध्यमवर्ग र युवाहरुको पार्टी बनाउनलाई उम्मेद्वारी घोषणा गरेको बताउनुभयो ।

उहाँले १४ औँ महाधिवेशनबाट निर्वाचित वडा सभापतिहरु, वडा कार्यसमितिका पदाधिकारी सदस्यहरु तथा सम्पुर्ण क्षेत्रिय प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिदै आफुलाई अमुल्य मत दिई पाणिनी गाउँपालिकाको सभापति पदमा विजयी गराउन हार्दिक अनुरोध गर्नुभएको छ ।