अनन्तप्रसाद घिमिरे । आज मिति २०७८ साल भाद्र ३० गते बुधबार। सन् २०२१ सेप्टेम्बर १५ तारिख । नेपाल संवत् ११४१ । राक्षस नाम संवत्सर । सुर्य दक्षिणायन। वर्षा ऋतु । श्रीशाके १९४३। भाद्र शुक्लपक्ष नवमी तिथि। मुल नक्षत्र। ध्वज योग। तैतिल करण। धनु राशीमा चन्द्रमा।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
समयले त्यति साथ दिएको छैन। दिउँसोदेखि खर्च बढ्ने र काममा अवरोध आउने सम्भावना छ। लगानीतर्फ लागत बढ्नेछ। आवश्यकता पूरा गर्न निकै धेरै संघर्ष गर्नुपर्छ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
स्वास्थ्यका क्षेत्रमा विशेष ध्यान पुर्याउनुहोला। व्यापारमा लाभांश घट्न सक्छ। अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। अरूका लागि समय खर्चनुपर्ला। सानोतिनो समस्याले अल्झाउनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
एकपछी अर्को अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। पेसा फलदायी रहनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।
कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो)
तपाईंको मन अशान्त भई रहने छ । वायु विकारले शरीरका विविध अंगमा पीडा हुने छ । व्यापारबाट हानी हुनेछ । शत्रु सबल हुनेछन् । आज मित्रहरुले पनि शत्रुले जस्तै व्यवहार देखाउने छन् ।
सिंह (मा,मी,मु,मे,मो,टा,टी,टु,टे)
स्वास्थ्यमा सामान्य समस्या देखिएला । परिवारका सदस्यहरु संग झगडा हुने योग छ । मन साह्रै चञ्चल हुनेछ । पेट सम्वन्धी समस्या आउने छ । पानी बाट हानीहुने दिन रहेको छ ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
शत्रु परास्त हुनाले मन प्रशन्न हुनेछ । धैर्यताले कार्य सफल हुनेछ । साथिहरु पूर्णसहयोग मिल्नेछ । प्रेममा सफलता मिल्ने छ । रमाइलो यात्राको योग रहेको छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
मनमा असन्तोष बढनेछ । मनले चिताएका कामहरु पुराहुने छैनन् । मानसिक तथा शारिरीक समस्या आउनेछ आँखामा समस्या आउन सक्ने छ।अनावश्यकरुपमा धनक्षय हुनेछ । परिवारमा खट्पट हुनेछ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
सभा तथा समारोहमा सहभागि हुने अवसर मिल्नेछ । गरेका काममा सफलता मल्निेछ । पढाइमा राम्रो सफलता मल्निेछ । स्वादिष्ट भोजन खान पाईने तथा उपहार प्राप्तहुने योग रहेकोछ ।
धनु (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे)
धनक्षय हुने दिन रहेको छ । बहुमुल्य सामान हराउन सक्नेछ । परिवारमा वेमेलको स्थिति आउनेछ । कुराकाट्नेहरु धेरै हुनेछन्,नैराश्यता उत्पन्न हुने छ । अध्ययनमा रुचि घट्ने छ ।
मकर (भो,जा,जी,खी,खु,खे,खो,गा,गी)
धनलाभहुने दिन रहेको छ । आर्थिक उन्नति प्रगतिहुने दिन रहेको छ । काममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ । इष्टमित्रसंग भेटघाट हुनेछ । शत्रु पराजित हुनेछन् । कीर्ति वढनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सु,से,सो,दा)
आँटेका कामहरु पुरा हुनेछन् । आज कुनै नयाँ कामको थालनि हुनेछ । मित्रहरुबाट सहयोग मिल्ने छ । शत्रु पराजित हुनेछन् । यात्रा हुनसक्ने दिन रहेको छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
परिवार तथा सन्तानबाट सहयोग मिल्नेछ । सरकारी काममा सफलता मिल्नेछ । यात्रा सफल हुनेछ । व्यापार व्यवसायमा राम्रो फाइदा हुने दिन रहेकोछ । विद्यार्थीहरुका लागि आजको दिन विशेष फलदायी रहनेछ ।
लेखक: नेपाल ज्योतिष परिषद्,अर्घाखाँचीका उपाध्यक्ष हुन् ।