अर्घाखाँची, ३० भदौ । नेपाली कांग्रेसको महाधिवेशनको चहलपहल अर्घाखाँचीमा बढेको छ ।

महाधिवेशनको चहलपहल बढेपछि जिल्ला, प्रदेश र पालिका तहसम्म उम्मेदवारी घोषणा गर्नेको संख्या बढ्दै गएको छ ।

अर्घाखाँची जिल्लाको प्रदेश सभा निर्वाचन क्षेत्र नं। (ख) बाट शंकर घिमिरेले उम्मेदवारी घोषणाा गर्नुभएको छ । नेता घिमीरे लुम्बिनी वाणिज्य क्याम्पस बुटवलमा सम्पन्न स्ववियु निर्वाचनमा सक्रिय रहेर नेविसंघलाई जिताउनका लागि संघर्ष गरेका उनी स्थानीय, प्रदेश र प्रतिनिधि सभाका निर्वाचनमा कांग्रेसलाई जिताउन महत्वपूर्ण भुमिका खेलेका भिए ।

घिमीरेले सबल, सक्षम र बलियो कांग्रेस निर्माणका लागि आफ्नो महत्वपुर्ण भुमिका रहने भएकाले उम्मेद्वारी घोषणा गरेको बताउँदै पार्टीभित्र हुने गरेका अराजक गतिविधी र समग्र क्षेत्रको हकहित र अधिकार सुनिश्चित गर्न पनि आफनो उम्मेद्वारी रहेको बताउनुभयो ।

पार्टी अहिले विधी र निति अनुसार नचल्दा कांग्रेस पार्टी जनताबाट उपेक्षित भएकोले कांग्रेसलाई जनताको भरोसायोग्य पार्टी बनाउन र पार्टिभित्र दलाल पुँजिवादहरुको मात्र पार्टि भन्ने जुन भ्रम छ , त्यसलाई चिर्दै किसान, मध्यमवर्ग र युवाहरुको पार्टी बनाउनलाई उम्मेद्वारी घोषणा गरेको बताउनुभयो । उहाँले १४ औँ महाधिवेशनबाट निर्वाचित वडा सभापतिहरु, वडा कार्यसमितिका पदाधिकारी सदस्यहरु तथा सम्पुर्ण क्षेत्रिय प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिदै आफुलाई अमुल्य मत दिई प्रदेश प्रतिनिधी पदमा विजयी गराउन हार्दिक अनुरोध गर्नुभएको छ ।

नेपाली कांग्रेसका हरेक कार्यक्रममा सहभागी हनुभएका घिमिरे लोकप्रिय युवानेता हुनुहुन्छ ।