कांग्रेस कर्णाली प्रदेश प्रतिनिधिमा दैलेखबाट महिला नेतृ महतले उम्मेद्वारी दिने

2453

दैलेख ।
नेपाली कांग्रेसकी नेता बसन्ती कार्की महतले दैलेखबाट आसन्न नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा कर्णाली प्रदेश प्रतिनिधिमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ ।

महतले अग्रजलाई सम्मान गर्दै युवाहरुलाई प्रोत्साहन गर्नका लागि लागि सबल, सक्षम र बलियो कांग्रेस निर्माणका लागि युवाहरुको महत्वपुर्ण भुमिका रहने भएकाले उम्मेद्वारी घोषणा गरेको बताइन् । पार्टीभित्र हुने गरेका अराजक गतिविधी र महिला हकहित र अधिकारका आवाज बुलन्द पार्न पनि आफनो उम्मेद्वारी रहेको बताइन् ।

पुरानो नेतृत्वले युवा महिला तथा श्रमजिवी वर्गहरुको आवाजलाई वेवास्ता गरेकोले त्यसको निरुपणको लागि पार्टिभित्र दलाल पुँजिवादहरुको मात्र पार्टि भन्ने जुन भ्रम छ , त्यसलाई चिर्दै किसान, मध्यमवर्ग र युवाहरुको पार्टी बनाउनलाई उम्मेद्वारी घोषणा गरेको बताइन् ।

महतलेले १४ औँ महाधिवेशनबाट निर्वाचित वडा सभापतिहरु, वडा कार्यसमितिका पदाधिकारी सदस्यहरु तथा सम्पुर्ण क्षेत्रिय प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिदै आफुलाई अमुल्य मत दिई प्रदेश महाधिवेशन प्रतिनिधि विजयी गराउन हार्दिक अनुरोध गरेकी छन् ।