अर्घाखाँची ।
नेपाल महिला संघकी केन्द्रिय सदस्य एवम् नेपाली कांग्रेस अर्घाखाँचीकी महाधिवेशन प्रतिनिधि युवानेतृ अनिता ज्ञवालीले आसन्न १४ औँ महाधिवेशनमा महाधवेशन प्रतिनिधि पदमा उम्मेद्वारी घोषणा गर्नुभएको छ ।

कांग्रेस अर्घाखाँचीका नेता स्व. राममणि ज्ञवालीकी सुपुत्रि ज्ञवालीले नेपाल महिला संघको महाधिवेशनमा देशभरबाट सबैभन्दा धेरै मत ल्याएर केन्द्रिय सदस्यमा जित हासिल गरेकी थिइन् ।

स्वर्गीय बुवाको राजनितिक सपनालाई पुरा गर्न आफु राजनितिमा आएको बताउने नेतृ ज्ञवालीले युवा महिला तथा श्रमजिवी वर्गहरुको आवाजलाई बुलन्द पार्न ,पार्टिभित्र दलाल पुँजिवादहरुको मात्र पार्टि भन्ने जुन भ्रम छ , त्यसलाई चिर्दै किसान, मध्यमवर्ग र युवाहरुको पार्टी बनाउनलाई उम्मेद्वारी घोषणा गरेको बताइन् ।

ज्ञवालीले १४ औँ महाधिवेशनबाट निर्वाचित वडा सभापतिहरु, वडा कार्यसमितिका पदाधिकारी सदस्यहरु तथा सम्पुर्ण क्षेत्रिय प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिदै आफुलाई अमुल्य मत दिई केन्द्रिय महाधिवेशन प्रतिनिधि विजयी गराउन हार्दिक अनुरोध गरेकी छन् ।