कर्मचारी मिलन केन्द्र अर्घाखाँचीको नयाँ कार्यसमिति चयन , अध्यक्षमा खनाल

459

अर्घाखाँची ।

कर्मचारी मिलन केन्द्र अर्घाखाँचीकाे अधिबेशन तथा सम्मान कार्यक्रम आज सन्धिखर्कमा सम्पन्न भएकाे छ ।

अधिवेशनले सहायक प्रमुख जिल्ला अधिकारी विनाेद खनालकाे नेतृत्वमा नयाँ कार्यसमितिकाे सर्वसम्मत चयन गरेकाे छ ।

जसकाे उपाध्यक्षमा नारायण पाेखरेल, महिला उपाध्यक्षमा सृजना भुसाल, सचिवमा गणेशराज पाैडेल, सहसचिवमा निराजन शर्मा, काेषाध्यक्षमा हरिष्चन्द्र पाण्डे र सदस्यहरुमा राजन पाण्डे, राजिव पन्थी, रवि अर्याल, हरि डुम्रे, उर्मिला केसी र धर्मेन्द्र गुप्ता निर्विराेध चयन हुनु भएकाे छ ।

कार्यक्रममा देशभरबाट उत्कृष्ठ बन्न सफल जिल्ला प्रशासन कार्यालय र प्रदेशबाट उत्कृष्ट बन्न सफल अर्घाखाची जिल्ला अदालतलाइ सम्मान समेत गरिएकाे निवर्तमान अध्यक्ष तथा विशेष नापी कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख खिम बहादुर रानाले  जानकारी दिनुभयाे ।