चितवन, ३१ भदौ । नेपाली काँग्रेस चितवन भरतपुर महानगरपालिकाको सचिवमा ईश्वर घिमिरेले उम्मेद्वारी दिने हुनुभएको छ । लामो समयदेखि चितवनमा स्थायी रुपमा बस्दै आउनुभएका घिमिरेले पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत हुन लागेको महानगरको सचिव पदमा उम्मेद्वारी दिन लाग्नुभएको हो ।

युवालाई नेतृत्वमा पु¥याएर समृद्ध भरतपुर निर्माण गर्ने उदेश्यका साथ घिमिरेले सचिव पदमा उम्मेद्वारी दिन लाग्नुभएको हो । पछिल्लो समय नेपाली काँग्रेसको नेतृत्वमा युवाहरु हावी हुँदै गएको अवस्थामा घिमिरेको उम्मेद्वारीलाई स्वभाविक रुपमा लिइएको छ ।