सभापति देउवाको गाउँपालिकाको सभापतिमा कार्कीले उम्मेदवारी दिने

1239

डडेल्धुरा । नेपाली काँग्रेसको १४ अौँ महाधिवेशनमा डडेलधुरा जिल्लाको गन्यापधुरा गाउँपालिकाको सभापतिमा इन्द्र कार्कीले उम्मेद्वारी घोषणा गरेका छन् । प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेर बहादुर देउवाको गाउँपालिकामा कार्की प्रभावशाली नेता मानीन्छन् ।

नेविसंघको पूर्व केन्द्रीय मुख्यसचिव ,वर्तमानमा गन्यापधुरा गाउँपालिका वडा नं २ को निर्वाचित वडाध्यक्ष र नेपाली काँग्रेस पार्टीको पालिका सभापति समेत हुन् । शालिन र भद्र स्वभावका कार्की गरिब जनाप्रति सेवाभावकै कारण त्यस भेगमा चर्चित छन् । काँग्रेसका त्यहाँका स्थानीय कार्यकर्ताहरु कार्की भारी मतले निर्वाचित हुनेमा विश्वस्त देखिन्छन् ।