नेपाली कांग्रेस अर्घाखाँचीको महाधिवेशन प्रतिनिधिमा नेता पाण्डेले उम्मेदवारी दिने

315

अर्घाखाँची । नेपाल विद्यार्थी संघका लोकप्रीय नेता शिव पाण्डेले आसन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिने बताएका छन् । नेता पाण्डे वि.सं २०६५ देखि नेविसंघको राजनीतिमा सक्रिय छन् । नेविसंघ सरस्वती बहुमुखी क्याम्पसको इकाई सहसचिव हुँदै अध्यक्ष बनेर कुशलता पुर्वक कार्यसम्पादन गरेका उनले २०७४ सालमा हुने भनिएको स्ववियु निर्वाचनमा सभापतिका दाबेदार थिए । कारणवश निर्वाचन स्थगित भएपनि नेविसंघलाई चुस्तदुरुस्त बनाउन लागिरहेका थिए ।

नेविसंघले आयोजना गरेको राजनीतिक आन्दोलनमा २०७४ सालमा ६ दिन जेल जीवन बिताएका उनी २०७६ सालमा नेपाली कांग्रेस जिल्ला कार्य समिति अर्घाखाँचीको सदस्यमा मनोनीत भएका थिए । नेपाल विद्यार्थी संघको २०७४ सालमा सम्पन्न महाधिवेशनमा केन्द्रीय सदस्य पदमा झिनो मतान्तरले पराजित नेता पाण्डे नेपाल विद्यार्थी संघ लुम्बिनी प्रदेश काठमाडौ सम्पर्क समितिका अध्यक्ष समेत हुन् । वडा तहदेखी पालिका, प्रदेश निर्वाचन क्षेत्र , प्रतिनिधि सभा निर्वाचन क्षेत्र , जिल्ला, प्रदेश हुँदै केन्द्र सम्म कांग्रेसको नेतृत्वमा नयाँ अनुहार आउनुपर्ने बताउने नेता पाण्डेले बताए ।

संस्थापन इतर समुहका नेता पाण्डेले वर्तमान पार्टी नेतृत्वले पार्टीलाई राम्रोसँग सन्चलन गर्न नसकेको बताउँदै उनले केन्द्रीय सभापति पदका लागि रामचन्द्र पौडेल समुहबाट एकजना मात्रै उम्मेदवार हुनुपर्ने र अर्घाखाँची जिल्ला सभापतिमा पनि नयाँ अनुहार आएर कांग्रेसलाई हाँक्नुपर्ने बताए । पार्टीभित्र जरो गाडेर रहेका विकृति विसङ्गतीहरुलाई अन्त्य गर्न , जनताले कांग्रेस भएकोमा हिनताबोध हैन गर्व गर्न लायक पार्टी बनाउने नेतृत्व चयन गर्न आफुलाई केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा विजयी गराउनुहुन सम्पुर्ण क्षेत्रीय प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।

उनले १४ औं महाधिवेशनबाट निर्वाचित सम्पुर्ण वडा सभापतिहरु , वडा कार्य समिति पदाधिकारी र सदस्यहरुलाई बधाई तथा शुभकामना दिएका छन् ।