काठमाडौँ, १ माघ । राजु मास्टरकी श्रीमती कलाकार सपना घिमिरे पौडेलको स्वरमा रहेको गीत “मेरो रातो गलबन्दी” ले यति बेला चर्चा बटुल्दै गएको छ । गीत एसथ्रीके इन्टरटेनमेन्टको अफिसियल युटुब मार्फत केहिदिन अगाडी बजारमा आएको हो ।

अहिले यो गितको निकै नै चौतर्फी चर्चा चलेको छ । गीत बजारमा आएसँगै स्रोता दर्शकले निकै नै रुचाएका छन् । अहिले यो गीत यूटुवको ट्रेन्डिङ नम्बर ७ मा आएको छ ।

गीतमा पौैडेल र नेपाल आइडलबाट लोकप्रियता कमाएका गायक प्रताप दासको स्वर रहेको छ । उक्त गीतमा शब्द तथा संगीत शृजना पनि गायिका सपना कै रहेको छ भने अहिलेका लोकप्रिय संगीतकार सुदिप सागरको संगीत समायोजन रहेको छ ।

गीतमा कलाकार हास्य कलाकार सक्कीगोनिका सागर लम्साल बले र टिकटकमा भाईरल दुई सुन्दरी दिदी बहिनी समारिका र स्मारिका दाहालको अभिनय रहेको छ । साथै हल्का रमाइलोका राजु मास्टर र मरिचमान श्रेष्ठ बल्छीको अभिनय पनि रहेको छ ।